Apocalipse 2

The Holy Bible, Easy Reading Version, in Nepali (NPI2010)

1 “एफिससको मण्डलीका स्वर्गदूतलाई यो लेखः

2 “मलाई तिमीहरुको कार्य, कठिन परिश्रम र धैर्य थाहा छ अनि थाहा छ कि तिमीहरुले दुष्ट मानिसहरुलाई सहन सक्दैनौ। तिमीहरुले तिनीहरुलाई जो आफैं प्रेरितहरु हौं भन्ने दावी गर्छन्, जाँचेका छौ। तिमीहरुले तिनीहरुलाई झूट्टो पायौ।

3 तिमीहरुले लगातार कोशिश गरिरह्यौ। तिमीहरुले मेरो नाउँका निम्ति दु:ख-काष्ट सह्यौ अनि तिमीहरु यसो गर्नमा थकित भएनौ।

4 “तर तिमीहरुको विरुद्ध मसंग यस्तो कुरो छ तिमीहरुसित शुरुमा भएको प्रेम तिमीहरुले त्यागेका छौ।

5 यसर्थ याद राख, तिमीहरुको पतन हुन अघि तिमीहरु कहाँ थियौ। तिमीहरुको हृदय परिवर्तन गर अनि तिमीहरुले पहिला गरेका कुराहरु गर। यदि तिमीहरु परिवर्तन भएनौ भने, म तिमीहरुकहाँ आउनेछु र म दीप-दानी त्यसको स्थानबाट हटाउनेछु।

6 तर तिमीहरुको पक्षमा केही छ, तिमीहरु निकोलाइटहरूले गरेका कुरा तिरस्कार गर्छौ। तिनीहरुले जे गर्छन् त्यो म पनि घृणा गर्छु।

7 “ऊ जसले सुन्छ आत्माले के भन्नु हुन्छ मण्डलीले सुन्नुपर्छ। त्यो मानिस जसले विजय प्राप्त गर्छ, म उसलाई जीवनरुपी रुखको फल खाने अधिकार दिनेछु। यो रुख परमेश्वरको बगैंचामा छ।

8 “स्मर्नाको मण्डलीका स्वर्गदूतलाई यो लेख:

9 “मलाई तिमीहरुको कष्ट थाहा छ। अनि मलाई थाहा छ कि तिमीहरु निर्धन छौ। तर वास्तवमा तिमीहरु धनवान् छौ। कोही मानिसहरुले तिमीहरुको विरोधमा भनेको नराम्रा कुराहरु मलाई थाहा छ। तिनीहरू दावी गर्छन् कि तिनीहरू यहूदीहरू हुन्। तर तिनीहरु साँचो यहूदीहरु होइनन्। तिनीहरु शैतानको सभा-घर हुन्।

10 तिमीहरुले पाउने कष्टहरुमा भयभीत नबन। म तिमीहरुलाई भन्दछु, शैतानले तिमीहरु मध्ये कसैलाई कैदखानामा परीक्षा लिनका निम्ति हाल्नेछ। तिमीहरुले दशै दिन सम्म यातना भोग्नेछौ। तिमीहरुले जीवनको मूल्य चुकाउनु परे पनि विश्वासी भई रहनु। यदि तिमीहरु विश्वासी रह्यौ भने, म तिमीहरुलाई जीवनको मुकुट प्रदान गर्नेछु।

11 “जसले सुन्न सक्छ मण्डलीहरुलाई आत्माले के भनिर हुनुभएकोछ, सुन्नुपर्छ। जसले विजय प्राप्त गर्छ उसलाई दोस्रो मृत्युले चोट पुर्याउने छैन।

12 “पर्गाममको मण्डलीका स्वर्गदूतलाई यो लेख:

13 “मलाई थाहा छ तिमीहरु कहाँ बस्छौ। तिमीहरु त्यहाँ बस्छौ जहाँ शैतानको आफ्नो सिंहासन छ। तर तिमीहरु म प्रति विश्वासी छौ। तिमीहरुले एन्टियासको समयमा पनि म प्रतिको विश्वास बारे भन्न अस्वीकार गरेनौ। एन्टिपास मेरा विश्वासी साक्षी थिए जसलाई तिमीहरुको नगरमा मारियो। तिमीहरुको नगर त्याही हो जहाँ शैतान बस्छ।

14 “तर तिमीहरुका विरुद्ध मेरा केही कुराहरु छन् तिमीहरुको समुदायमा केही मानिसहरु छन् जो बालामको शिक्षा पालन गर्छन्। इस्राएलका मानिसहरुलाई मूर्ति अघि चढाइएका बलि खानु र यौन पाप गर्नु प्रलोभित पार्नु बालामले बालाकलाई सिकाए।

15 तिमीहरुको सम्प्रदायमा पनि यस्तै छ। तिमीहरु माझ निकोलाइटन्सको शिक्षा अनुशरण गर्ने मानिसहरु छन्।

16 यसर्थ तिमीहरुको हृदय परिवर्तन गर। यदि तिमीहरु परिवर्तन भएनौ भने, मेरो मुखबाट निस्कने तरवार लिएर ती मानिसहरुसँग लड्न चाँडै तिमीहरुकहाँ आउनेछु।

17 “जसले सुन्नुसक्छ मण्डलीहरुलाई आत्माले के भन्दै हुनुहुन्छ सुन्नुपर्छ।

18 “थिआटीराको मण्डलीका स्वर्गदूतलाई यो लेख:

19 “तिमीहरुले के गरेका छौ मलाई थाहा छ। म तिमीहरुको प्रेम, विश्वास, सेवा अनि धीरजको बारेमा जान्दछु। मलाई थाहा छ तिमीहरुले अहिले शुरुमा जे गरेका थियौ त्यो भन्दा अधिक गर्दैछौ।

20 तर तिमीहरु विरुद्ध मसंग यो कुरा छ तिमीहरुले जिजेबेल नाउँकी स्त्रीलाई उसले चाहेको कुरा गर्न दियौ। उसले दावी गर्छे की ऊ एक अगमवक्ता हो। तर उसले मेरा मानिसहरुलाई आफ्ना शिक्षाद्वार टाढा लगिरहेकी छे। जिजेबेलले मेरा मानिसहरुलाई यौन पाप गर्न अनि मूर्तिहरु अघि अर्पण गरेको खाद्य पदार्थ खान अग्रसर पारिरहेकी छे।

21 मैले उसलाई आफ्नो हृदय परिवर्तन गर्ने अनि आफ्नो पापदेखि मुक्त हुने मौका दिएको छु। तर ऊ परिवर्त्तन हुन चाहाँदिन।

22 “यसर्थ म उसलाई शैंय्यामा फालिदिनेछु। अनि सबै मानिसहरु, जो उसित व्याभिचार गर्छन्, तिनीहरुले साह्रै कष्ट भोग्नेछन् यदि उसको दुष्ट जीवन शैली अनुसरण गर्न नछोडे।

23 म उसको छोरा-छोरीहरुलाई पनि मार्नेछु। अनि सबै मण्डलीहरुले, थाहा पाउनेछन् कि म उही हुँ। जसले मानिसहरुका मन अनि हृदय जान्दछ। अनि म तिमीहरुको कर्म अनुसार दिनेछु।

24 “तर थिआटीराका तिमीहरु जस्ता अन्य मानिसहरुले उसको शिक्षा स्वीकार गरेका छैनन्। तिमीहरुले ती कुराहरु जानेका छैनौ जुन तिनीहरु शैतानको गहन रहस्य भनी दावी गर्छन्। म तिमीहरुलाई जे भन्छु त्यो यो हो म तिमीहरुमाथि अरु भारी लदाउने छैन।

25 म नआएसम्म तिमीहरु यही तरीकामा बस।

26 “जसले विजय प्राप्त गर्छ अनि, अन्तिम सम्म मैले चाहेका कुराहरु गरिरहन्छ म ती प्रत्येकलाई राष्ट्रहरुमाथि अधिकार दिनेछु

27 उसले तिनीहरुमाथि अत्यन्तै कडा शासन चलाउनेछ। उसले त्यसलाई फुटेको माटाका भाँडाहरु जस्तै टुक्रा-टुक्रा पार्नेछ।

28 जस्तो मैले मेरा पिताबाट अधिकार पाएँ, म त्यस व्यक्तिलाई दिनेछु, म त्यस व्यक्तिलाई विहानको तारा दिनेछु।

29 जसको सुन्ने कान छ, त्यसले सुनोस् पवित्र आत्माले मण्डलीहरुलाई के भन्नुहुन्छ।

Ler em outra tradução

Comparar lado a lado

Estude este capítulo no WhatsApp

Peça à IA da Bíblia Fala para explicar Apocalipse 2, comparar traduções ou montar um estudo — tudo direto pelo WhatsApp.