Apocalipse 19

The Holy Bible, Easy Reading Version, in Nepali (NPI2010)

1 तब मैले स्वर्गमा धेरै मानिसहरुको बढो भीडले गरेको गर्जन जस्तै आवाज सुनें। तिनीहरु भन्दै थिए,

2 किनभने उहाँको न्याय सत्य अनि सही छ।

3 स्वर्गका मानिसहरुले यो पनि भनेः

4 त्यसपछि चौबीस धर्मगुरुहरु अनि चार जीवित जीवातहरु निहुरिए अनि परमेश्वरको उपासना गरे जो सिंहासनमा बसिरहेका थिए यसो भन्दै:

5 त्यापछि सिंहासनबाट एउटा आवाज आयो। आवाजले भन्यो,

6 त्यसपछि मैले ठूलो भीड़ले गरेको आवाज, बाढिको पानीको आवाज जस्तै ठूलो गर्जनको आवाज जस्तै, यसो भन्दै गरेको सुनें:

7 हामी खुशी मनाऔं अनि खुशी होऔं

8 बेहुलीको पहिरनकोलागि उत्तम मलमल दिइएको थियो।

9 तब त्यस स्वर्गदूतले मलाई भने, “यो लेख धन्य हुन् ती मानिसहरु जसलाई परमेश्वरको थुमाको विवाह-भोजमा निमंत्रणा गरियो।” तब त्यस स्वर्गदूतले भने, “यी परमेश्वरका सत्य वचन हुन्।”

10 म उसलाई आराधना गर्नकानिम्ति स्वर्गदूतको पाउमा झूकें। तर स्वर्गदूतले मलाई भने, “मलाई आराधना नगर! म, तिमी अनि तिम्रो भाइहरु जस्तै सेवक हुँ जोसित येशूको सत्यता छ। यसर्थ परमेश्वरको आरधना गर किनभने अगमवाणीको आत्मा नै येशूको गवाही हो।”

11 तब मैले खोलिएको स्वर्ग देखें। मेरो सामुन्ने एउटा सेतो घोडा थियो। घोड सवारलाई विश्वासी अनि सत्य भनिन्छ। तिनी ठीक न्याय गर्छन् अनि साँचो लडाँईं लडाउँछन्।

12 तिनका आँखा बल्दै गरेको आगो जस्तो छ। तिनका शिरमा अनेक मुकुटहरु छन्। तिनको नाउँ तिनीमाथि लेखिएको छ। तर तिनी मात्र एक जना छन् जसले त्यो नाउँ जान्दछन्। अन्य कुनै मानिसले त्यो नाउँ जान्दैन।

13 तिनले रगतमा डुबाएको पोशाक पहिरेका थिए। तिनको नाउँ परमेश्वरको वचन हो।

14 स्वर्गका सेनाहरु तिनलाई पछ्याइ रहेका थिए। तिनीहरु सेता घोडामा सवार थिए। तिनीहरु सेतो अनि सफा चिल्लो मलमलका पहिरनमा थिए।

15 घोडसवारको मुखबाट एक धारिलो तरवार बाहिर निस्कन्छ। तिनले राष्ट्रहरुलाई परास्त गर्नका निम्ति यो तरवार प्रयोग गर्नेछन्। तिनले फलामे डन्डाले राष्ट्रहरुमाथि शासन गर्नेछन्। तिनले सर्वशक्तिमान् परमप्रभुको भयानक प्रकोपको दाख-भट्टीमा अङ्गूर निचोर्ने छन्।

16 तिनको पोशाक अनि तिनको फिलामा यो नाउँ लेखिएको थियो:

17 त्यसपछि मैले सूर्यमा उभिएका एउटा स्वर्गदूतलाई देखें। त्यो स्वर्गदूतले ठूलो स्वरमा माथि आकाशमा उडिरहेका सबै पंक्षीहरुलाई भने, “परमेश्वरको महा-भोजमा सम्मिलित हुनु एक साथ आऊ।

18 राजाहरु, सेनाका सेनाध्यक्षहरु अनि प्रसिद्ध मानिसहरुको मासु खान एक साथ आऊ। घोड़ाका अनि तिनका सवारहरुका अनि सबै मुक्त, दास, साना अनि ठूला मानिसहरुको मासु खान एक साथ आऊ।”

19 त्यसपछि मैले त्यो पशु अनि पृथ्वीका राजाहरु देखें। तिनीहरुका सेनाहरु घोड़-सवार अनि तिनका सेनासित युद्ध गर्नका निम्ति एकसाथ भेला भएका थिए।

20 तर त्यो पशुलाई कब्जा गरियो। झूट्टो अगमवक्तलाई पनि कैद गरियो। यो झूट्टो अगमवक्ता त्यो थियो जसले त्यो पशुको निम्ति चमत्कारीक संकेतहरु गरेको थियो। झूट्टो अगमवक्ता त्यो थियो जसले त्यो पशुको लागि चमत्कारिक संकेतहरु गर्थ्यो। असत्य अगमवक्ताले ती मानिसहरुलाई जसमा पशुको चिन्ह लगाइको थियो अनि पशुका मूर्तिलाई पूजा गर्थे, छक्याउन चमत्कारिक कर्महरु गर्थ्यो। त्यो झूट्टो अगमवक्त अनि पशुलाई गन्धक बल्ने आगोको कुवामा फ्याँकी दिए।

21 तिनीहरुका सेनाहरु घोड-सवारको मुखबाट निस्केको तरवारद्वारा मारिए। सम्पूर्ण पxक्षीहरुले पेट भरुञ्जेल ती शवहरु खाए।

Ler em outra tradução

Comparar lado a lado

Estude este capítulo no WhatsApp

Peça à IA da Bíblia Fala para explicar Apocalipse 19, comparar traduções ou montar um estudo — tudo direto pelo WhatsApp.