Apocalipse 11

The Holy Bible, Easy Reading Version, in Nepali (NPI2010)

1 त्यसपछि मलाई नाप्ने दण्ड जस्तै एउटा टेक्ने लट्ठी दिइयो। मलाई भनियो, “जाऊ अनि परमेश्वरको मन्दिरको वेदीको नाप लेऊ, अनि त्यहाँ पूजा गर्नेहरुको संख्या गन्ती गर।

2 तर मन्दिर बाहिरको आँगन छोडिदेऊ। त्यसलाई ननाप। त्यो अयहूदीहरुलाई दिइएको छ। तिनीहरु बयालीस महीनासम्म पवित्र नगरमा पाइताला ठटाएर हिँडनेछन्।

3 अनि म मेरा दुइ साक्षीहरुलाई अधिकार दिनेछु। अनि तिनीहरुले एकहजार दुईसय साट्ठी दिन अगमवाणी गर्नेछन्। तिनीहरुले पशुको भुत्लाको वस्त्र पहिरेका हुनेछन्।”

4 यी दुई साक्षीहरु दुई भद्राक्षका बृक्षहरु हुन् अनि दुई दीप-दानी जो पृथ्वीका परमप्रभु अघि खड़ा छन्।

5 यदि कुनै मानिसले ती साक्षीहरुलाई घात गर्ने प्रयास गरे ती साक्षीहरुका मुखबाट आगो निस्कनेछ अनि आफ्ना शत्रुलाई मार्नेछन्। कुनै मानिस जसले तिनीहरुलाई घात पुर्याउने चेष्टा गर्छ, यसै प्रकारले मारिनेछ।

6 यी साक्षीहरुसित, तिनीहरुले अगमवाणी गरिरहेको समयमा आकाशलाई वृष्टि गराउनुबाट रोक्ने शक्ति छ। तिनीहरुसित पानीलाई रगत तुल्याउने शक्ति छ। तिनीहरुसित हरेक किसिमका कष्ट पृथ्वीमा पठाउने शक्ति छ। तिनीहरुले जति पल्ट यसो गर्न चाहन्छन् गर्न सक्छन्‌।

7 जब ती दुई साक्षीहरुले आफ्ना प्रमाण सिध्याएका हुन्छन्, तब पशु तिनीहरुको विरुद्ध लडनेछ। यो त्यो पशु हो जो पातालबाट माथि आउँछ। त्यो पशुले तिनीहरु सबैलाई जित्नेछ अनि तिनीहरुलाई मार्नेछ।

8 ती दुई साक्षीहरुको शरीर महान्-नगरको गल्लीमा हुनेछ। यो नगरको नाउँ सोदोम अनि मिस्रदेश हो। नगरका यी नाउँहरुमा विशेष अर्थ छ। यो त्यही नगर हो जहाँ प्रभुलाई मारिएको थियो।

9 हरेक वंश, जाति, भाषा अनि राष्ट्रका मानिसहरुले साढे तीन दिनसम्म ती दुई साक्षीहरुको शवलाई देख्नेछन्। तिनीहरुलाई गाढ्न मानिसहरुले अस्वीकार गर्नेछन्।

10 किनभने यी दुई मरेकोमा पृथ्वीका बासिन्दाहरु खुशी हुनेछन्। तिनीहरु भोज गर्नेछन् अनि एक अर्कालाई उपहार दिनेछन्। किनभने यी दुई अगमवक्ताहरुले पृथ्वीमा बस्ने मानिसहरुमा अनेक यातना दिए।

11 तर साँढे तीन दिनपछि परमेश्वरले ती दुई अगमवक्ताहरुमा परमेश्वरबाटको जीवन हाली दिनुभयो। तिनीहरु आफ्ना खुट्टामा उभिए। सबै मानिसहरु जसले तिनीहरुलाई देखे खुबै डराए।

12 तब ती अगमवक्ताहरुले स्वर्गबाट ठूलो आवाज सुने, “यहाँ माथि आऊ।” अनि ती दुई अगमवक्ताहरु बादलमा माथि स्वर्ग गए। तिनीहरुका शत्रुहरुले तिनीहरुलाई माथि गएको देखे।

13 त्यसैबेला त्यहाँ ठूलो भूँईचालो गयो। शहरको दशौं भाग नष्ट भयो। अनि सात हजार मानिसहरु त्यस भूँईचालोमा मरे। मानिसहरु जो मरेनन् तिनीहरु अत्यन्त भयभीत थिए। तिनीहरुले स्वर्गका परमेश्वरलाई महिमा गरे।

14 दोस्रो विपत्ती पूर्ण भयो। तेस्रो विपत्ती चाँडै आइरहेछ।

15 सातौं स्वर्गदूतले आफ्नो तुरही बजाए। तब स्वर्गमा ठूलो आवाजहरु भयो। आवाजहरुले भने,

16 तब ती चौबीस धर्म-गुरुहरुले शिर झुकाए अनि परमेश्वरको आराधान गरे। तिनीहरु ती धर्म-गुरुहरु हुन् जो परमेश्वरको सामुन्ने आफ्ना सिंहासनमा बस्छन्।

17 ती अग्रजहरुले भने,

18 संसारका राष्ट्रहरु क्रोधित थिए,

19 त्यसपछि स्वर्गमा परमेश्वरको मन्दिर खोलियो। त्यो पवित्र सन्दूक जसमा परमेश्वरले उनका मानिसहरुलाई दिएको करार थियो, उनको मन्दिरमा देख्न सकिन्थ्यो। तब त्यहाँ बिजुली चम्क्यो, हल्ला भयो, गर्जन भयो, भूँईचालो आयो अनि धेरै असीना पर्यो।

Ler em outra tradução

Comparar lado a lado

Estude este capítulo no WhatsApp

Peça à IA da Bíblia Fala para explicar Apocalipse 11, comparar traduções ou montar um estudo — tudo direto pelo WhatsApp.