2 Samuel 13

The Holy Bible, Easy Reading Version, in Nepali (NPI2010)

1 दाऊदका अब्शालोम नामका एका छोरा थिए। अब्शालोमकी सानी बहिनी तामार नामकी थिई। तामार असाध्यै राम्री थिई। दाऊदका अर्का एकजना अम्मोन नाउँ गरेको छोरा थियो जसले तामारसँग प्रेम गरेको थियो।

2 तामार कुमारी थिई। अम्नोनले उसको कन्यापन भ्रष्ट पार्न सक्छ भन्ने सोचेका थिएनन्। तरैं पनि अम्नोनले उनलाई साह्रै चाहान्थ्यो। अम्नोनले उनलाई सधैं सम्झिरहने भएकोले आफैं बिरामी भयो।

3 अम्नोनका एउटा मित्रको नाउँ योनादाब थियो जो शिमीका छोरा थिए। (शिमी दाऊदका दाजु थिए।) योनादाब साह्रै चलाक थिए।

4 योनादाबले अम्नोनलाई सोधे, “प्रत्येक दिन तिमी दुब्लाउँदै गइरहेका छौ। तिमी त राजकुमार हौ। खान लाउनुको कुनै अभाव छैन, तरै पनि दुब्लाउँदै छौ? मलाई भन त! किन?”

5 योनादाबले अम्नोनलाई भने, “ओछ्यानमा सुत र बिमारीले गरे झैं गर। त्यसपछि तिम्रा पिताजी तिमीलाई हेर्न आउनुहुन्छ। उहाँलाई भन, ‘दया गरी मेरी बहिनी तामारलाई आउन दिएर मलाई खाना खुवाउनु भन्नुहोस्। मेरै अगाडि खाना तयार गर्न लगाउनु होस्। म त्यो हेर्नेछु र उनकै हातले खाना खानेछु।’”

6 त्यसरी अम्नोन ओछ्यानमा लडेर बिमारीले जस्तै गर्न थाले। राजा दाऊद उसका छोरालाई हेर्न आए। अम्नोनले दाऊदलाई भने, “दया गरी तामार बहिनीलाई मेरो कोठा भित्र आउन अनुमति दिनुहोस्। दया गरी भनिदिनु होस् मेरो अघिल्तिर दुइवटा रोटी बनाइदिनुहोस्। त्यसपछि म तिनकै हातबाट खान्छु।”

7 दाऊदले तामारको घरमा दूतहरू पठाए। दूतहरूले तामारलाई भने, “तिम्रा दाइ अम्नोनका घर गएर खाना बनाइदिनु अरे।”

8 यसकारण तामार अम्नोनको घर गइन्। अम्नोन ओछ्यानमा लडिरहेका थिए। तामारले मुछेको आँटा हातमा लिएर थिच्दै रोटी पकाइदिइन्। अम्नोनले हेर्दा हेर्दै तिनीले रोटी बनाइन्।

9 त्यसपछि तावाबाट रोटी निकालेर अम्नोनलाई भाग लगाइदिन्। तर अम्नोनले खान मानेनन्। अम्नोनले आफ्ना नोकरहरूलाई बाहिर जानु भने, यसैले सबै बाहिर गए।

10 तब अम्नोनले तामारलाई भन्छन्, “सुत्ने कोठामा खाना ल्याएर मलाई आफ्नै हातले खुवाइदेऊ।”

11 उनले अम्नोनलाई खुवाउन मात्र थालेकी थिइन्, तर अम्नोनले उनको हात समाते। तिनले उनलाई भने, “बहिनी, आऊ मसँग सुत।”

12 तामारले अम्नोनलाई भनिन्, “होइन, दाजु! मलाई जबरजस्ती नगर्नुहोस्। यस्तो लाजमर्दो काम नगर्नुहोस्। यस्तो भयानक कार्य इस्राएलमा कहिले हुनैसक्दैन।

13 यस्तो लाजमर्दो अवस्थाबाट म कहिले पनि मुक्ति पाउने छैन। मानिसहरूले सोच्नेछन् तपाईं एउटा साधारण दुष्ट जस्तैं बन्नु भयो। दया गरी राजासँग भन्नुहोस्। उहाँले हामी दुवैलाई विवाह गर्न दिनुहुनेछ।”

14 तर अम्नोन तामारका कुरा सुन्न पटक्कै राजी भएनन्। तिनी तामारभन्दा बलिया थिए। उसले शारीरिक सम्बन्ध राख्न जबरजस्ती गरे।

15 त्यसपछि अम्नोनले तामारलाई घृणा गर्न थाले। पहिले जति माया गर्थे त्योभन्दा ज्यादा घृणा गर्नथाले। अम्नोनले तामारलाई भने, “उठेर यहाँबाट गइहाल।”

16 तामारले अम्नोनलाई भनिन्, “होइन! यसरी मलाई ननिकाल। तिमीले मलाई केही क्षण अघि जे गर्यौ त्योभन्दा खराब भएर जानेछ।”

17 अम्नोनले आफ्ना नोकरहरू बोलाए र भने, “अहिले नै यस केटीलाई कोठाबाट निकाल! त्यसपछि दैलो बन्द गर।”

18 अम्नोनका नोकरले तामारलाई निकालेर दैलो बन्द गरिदिए।

19 तामारले लगाएका विभिन्न रंगको लुगा च्यातेर टाउकोभरि खरानी दलिन्। अनि टाउकोमा हात राखेर रून थालिन।

20 तब, तामारका दाजू अब्शालोमले तिनलाई भने, “के तेरो ठूलो दाजु अम्नोन तँसित थिए? उसले तँलाईं चोट पुर्यायो? अब, शान्त हो बहिनी। अम्नोन तेरै दाज्यू हो। अब यी कुरा तेरो हृदयमा नली।” त्यसपछि तामार चुप लागिन्। तिनी अपमानित स्त्री भई अब्शालोमको घरमा बसिन्।

21 राजा दाऊदले त्यो कुरा सुनेर साह्रै रिसाए तर दाऊदले तिनको पहिला जम्मेका अतिप्रिय छोरो अम्मोनलाई भड्काउँन चाहेनन् यसकारण केही गरेनन्।

22 अब्शालोमले अम्नोनलाई घृणा गर्नथाले। अम्नोनका बारे राम्रो नराम्रो कुनै कुरै गरेनन् अब्शालोमले। आफ्नी बहिनीलाई अम्नोनले व्यविचार गरेको हुनाले घृणा गरे।

23 दुइ वर्ष पछि केही मानिसहरू बाल्हासोरमा अब्शालोमका भेडाका ऊन कात्न आए। यस समय अब्शालोमले राजाका सबै छोराहरूलाई निम्त्याए।

24 अब्शालोमले राजालाई भने, “मैले भेडाको ऊन कात्न केही मानिसहरू बोलाएको छु। दया गरी राजा अनि उसका अधिकारीहरू पनि आइदिनु होस्।”

25 राजाले अब्शालोमलाई भने, “होइन, छोरा। हामी सबै जाँदैनौं। यसले तिमीलाई धेरै बोझ हुनेछ।”

26 अब्शालोमले भने, “तपाईं जानु हुँदैन भने मेरा भाइ अम्नोनलाई मसँग जानदिनुहोस्।”

27 अब्शालोमले दाऊदलाई धेरै बिन्ती चढाएपछि अन्त्यमा दाऊदले अम्नोन र अरू छोराहरूलाई जान दिने भए।

28 तब अब्शालोमले आफ्ना सेवकहरूलाई आदेश दिए, “अम्नोनलाई होशियार साथ ख्याल राख्नु। जब उ मातेर बेहोस हुन्छ म आदेश दिन्छु। तिमीहरूले अवश्यै अम्नोनलाई मारिदिनु। दण्ड पाउने डर नलिनू। मैले आदेश दिएकोले तिमीलाई कुनै सजायय हुनेछैन। अब बलिया र सहासी बन।”

29 अब्शालोमका जवान सिपाहीहरूले आदेशको पालन गरे। अम्नोनलाई मारे। दाऊदका अरू छोराहरू आ-आफ्ना खच्चरमा चढेर भागे।

30 राजकुमारहरू शहरमा अझ आइपुगेका थिएनन्। तर राजा दाऊदले घट्नाको खबर पाइहाले। तर उसले सुनेको खबर थियो, “अब्शालोमले राजाका सबै छोराहरूको हत्या गरिदिए। कुनै पनि छोराहरू जीवित छैनन्।”

31 राजा दाऊदले लगाएको लुगा सबै च्यातेर भुँइमा पछारिए। राजाका सबै अधिकारीहरूले पनि आ-आफ्ना लगाएका लुगा च्याते।

32 तर दाऊदका दाज्यू शिमीका छोरा योनादाबले भने, “राजाका सबै छोरा मारिइएका छन् भनेर नसोचौं। खालि अम्नोन मारिइएको हो। अब्शालोमले जुन दिन अम्नोनले आफ्नी बहिनीको व्यविचार गरेको थियो त्यसै दिन देखि योजना बनाएको हो।

33 मेरा मालिक राजा, तपाईं यो नसोच्नुहोस् सबै छोरा मारिए। खालि अम्नोन मर्यो।”

34 अब्शालोम भागे।

35 यसैले योनादाबले राजा दाऊदलाई भने, “हेर्नुहोस्, मैले भनेको कस्तो लाग्यो। राजाका छोराहरू आउँदै छन्।”

36 योनादाबले भन्दा भन्दै राजकुमारहरू आइपुगे। उनीहरू जोड-तोडले रून लागे। दाऊद र अन्य अधिकारीहरू पनि रून थाले। तिनीहरू साह्रै रोए।

37 दाऊद प्रत्येक दिन आफ्ना छोरा अम्नोनका लागि रून्थे।

38 भागेर गएपछि अब्शालोम तीन र्बषसम्म गशूरमा बसे।

39 राजा दाऊदको अम्नोनको मृत्यु माथि शोक घटूयो, तर उसले अब्शालोलाई एकदमै हराए अनि उसलाई अतिनै हेर्न चाहन्थे।

Ler em outra tradução

Comparar lado a lado

Estude este capítulo no WhatsApp

Peça à IA da Bíblia Fala para explicar 2 Samuel 13, comparar traduções ou montar um estudo — tudo direto pelo WhatsApp.