1 Samuel 28

The Holy Bible, Easy Reading Version, in Nepali (NPI2010)

1 त्यस बेला पलिश्तीहरूले इस्राएलमाथि आक्रमण गर्न सेनाहरू भेला गराए। आकीशले दाऊदलाई भने, “तपाईंले त्यो जान्नु पर्छ तपाईं र तपाईंका मानिसहरू इस्राएलको विरूद्ध युद्धमा मसँग जानुपर्छ।”

2 दाऊदले जवाफ दिए, “निश्चय! तपाईंले देख्नुहुन्छ म के गर्नु सक्छु।”

3 शमूएल मरे। शमूएलको मृत्युमा सम्पूर्ण इस्राएलीहरूले दुःख प्रकट गरे। तिनीहरूले शमूएललाई उनकै शहर रामामा गाडे। पहिला शाऊलले भुतप्रेत खेलाउनेहरू र ज्योतिषीहरूलाई इस्राएल छोड्न वाध्य गरेका थिए।

4 पलिश्तीहरू युद्धको निम्ति तयार थिए। तिनीहरू शूनेममा आएर त्यहीं छाउनी बनाए। शाऊलले पनि सबै इस्राएलीहरूलाई भेला गराएर गिल्बोमा छाउनी हाल्न लगाए।

5 शाऊल पलिश्ती सेनाहरू देखेर डराए। तिनको मुटु नै काम्यो।

6 शाऊलले परमप्रभुमा प्रार्थना गरे तर परमप्रभुले जवाफ दिनुभएन। परमप्रभु परमेश्वरले दर्शनमा पनि केही उत्तर दिनुभएन। परमेश्वरले न त उरीम न ता अगमवक्ताद्वारा नै शाऊललाई जवाफ दिनुभयो।

7 अन्त्यमा शाऊलले आफ्ना अधिकारीहरूलाई भने, “मलाई एउटी तंत्र-मंत्र गर्ने महिला ल्याइदेऊ, म त्यसलाई सोध्छु यो युद्धको फल के हुन्छ।”

8 शाऊलले भेष बद्लाउनको निम्ति भिन्नै लुगा लगाए यसकारण उसलाई नचिनोसू। त्यो रात शाऊल दुइजना मानिस लिएर त्यस स्त्रीलाई भेट्न गए। शाऊलले त्यस स्त्रीलाई भने, “म तिमीलाई भन्नेछु मेरो भविष्य बताउने आत्मा बोलाऊ। म जसको नाउँ दिन्छु त्यसैको आत्मा जगाउनु।”

9 तर त्यस स्त्रीले भनी, “तिमी जान्दछौ शाऊलले के गर्यो। सबै झाँक्री र ज्योतिषीहरूलाई उसले इस्राएलबाट धपायो। तिमीले मलाई अप्ठेरोमा पारेर ज्यान लिन चाहान्छौ।”

10 शाऊलले परमप्रभुको नाउँमा शपथ खाएर त्यसलाई भने, “तिमीले कुनै दण्ड सामना गर्नु पर्ने छैन।”

11 स्त्रीले सोधी, “तिमीले कसलाई बोलाउनु लाउँछौ?”

12 शमूएलको आत्मा तिनको अघि देखा पर्यो। शमूएललाई देखेर त्यो स्त्रीले जोडले चिच्याई। तिनले शाऊललाई भनिन्, “मलाई धोखा दिनुभयो! तपाईं नै शाऊल हुनुहुन्छ।”

13 राजाले स्त्रीलाई भने, “नडराऊ। तिमीले के देख्यौ?”

14 शाऊलले सोधे, “को जस्तो देखिन्छ?”

15 शमूएलले शाऊललाई भने, “मलाई किन दुखः दिएको? मलाई किन बोलाएको?”

16 शमूएलले भने, “परमप्रभु तिमीसित हुनुहुन्न। उहाँ तिम्रो छिमेकी दाऊदसँग हुनुहुन्छ। यसकारण मलाई किन झन्झट दिएको?

17 परमप्रभुले के गर्नु हुनेछ त्यो भन्न उहाँले मलाई एकपटक आज्ञा गर्नुभयो। अहिले परमप्रभुले त्यही गर्दै हुनुहुन्छ। परमप्रभुले तिम्रो हातबाट राजधानी खोस्दै हुनुहुन्छ। अनि उहाँले तिम्रो छिमेकीको हातमा सुम्पिदिनुहुनेछ। त्यो छिमेकी चाहिं दाऊद हो।

18 तिमीले परमप्रभुको आज्ञा पालन गरेनौ। तिमीले अमालेकीहरूलाई पूर्ण नष्ट गरेनौ तिनीहरूलाई यो कुरा देखाउन कि तिनीहरूसंग परमेश्वर कति क्रोधित हुनुहुन्थ्यो। यसकारण आज परमप्रभुले तिमीलाई यसो गर्नु हुँदैछ।

19 परमप्रभुले पलिश्तीहरूद्वारा तिमीलाई र इस्राएलका सेनालाई आज हराउनु हुन्छ। अनि भोलि, तिमी र तिम्रा छोरा मसित हुनेछौ।”

20 शाऊल तत्कालै लडे र भूइँमा पसारिए। शमूएलको कुरा सुनेर शाऊल साह्रै डराए। शाऊल कमजोर भइसकेका थिए कारण हिजो देखि रात-दिन उनले केही खाएकै थिएनन्।

21 स्त्री शाऊलको छेउमा आईन। शाऊल साह्रै डराएको देखी। तिनले भनी, “हेर्नुहोस् म तपाईंकी सेविका। मैले तपाईंको आज्ञापालन गरें। मैले मेरो ज्यानलाई जोखिममा हाले र तपाईंले भने झैं गरें।

22 अब मेरो कुरा सुन्नुहोस्। म तपाईंलाई खाने कुरा दिन्छु। तपाईंले खानैपर्छ। त्यसपछि आफ्नो कार्य गर्न शक्ति पाउनु हुनेछ।”

23 तर शाऊलले मानेनन्। तिनले भने, “मलाई खान चाहींदैन।”

24 त्यस स्त्रीले आफूसँग भएको बलियो बाच्छो मारी। त्यस स्त्रीले अलिकति पिठो मुछी र खमीर बिनाको रोटी पकाई।

25 र त्यस स्त्रीले भोजन शाऊल र तिनका अधिकारीहरूलाई पस्कि। तिनीहरूले भोजन खाए र त्यही रात तिनीहरू उठेर गए।

Ler em outra tradução

Comparar lado a lado

Estude este capítulo no WhatsApp

Peça à IA da Bíblia Fala para explicar 1 Samuel 28, comparar traduções ou montar um estudo — tudo direto pelo WhatsApp.