1 Crônicas 3

The Holy Bible, Easy Reading Version, in Nepali (NPI2010)

1 दाऊदका केही छोराहरूः हेब्रोन शहरमा जन्मेका थिए। यो दाऊदका छोराहरूको सूची होः

2 साहिंला छोरा अब्शालोम थिए। तिनकी आमा तल्मैकी छोरी माका थिइन्। तल्मै गशूरका राजा थिए।

3 अन्तरे छोरा शपत्याह थिए। तिनकी आमा अबीतल थिइन्।

4 दाऊदका यी छ जना छोराहरू हेब्रोनमा जन्मिए।

5 यरूशलेममा जन्मेका दाऊदका छोराहरू यी हुन्।

9 तिनीहरू सबै दाऊदका छोराहरू थिए। दाऊदकी उप-पत्नीबाट अन्य छोराहरू थिए। तामार दाऊदकी छोरी थिइन्।

10 सुलेमानका छोरा रहबाम थिए। अनि रहबामका छोरा अबियाह थिए। अबियाहका छोरा आसा थिए। आसाका छोरा यहोशापात थिए।

11 यहोशापातका छोरा योराम थिए। योरामका छोरा अहज्याह थिए। अहज्याहका छोरा योआश थिए।

12 योआशका छोरा अमस्याह थिए। अमस्याहका छोरा अजर्याह थिए। अजर्याहका छोरा योताम थिए।

13 योतामका छोरा आहाज थिए। आहाजका छोरा हिजकियाह थिए। हिजकियाहका छोरा मनश्शे थिए।

14 मनश्शेका छोरा आमोन थिए। आमोनका छोरा योशियाह थिए।

15 यो योशियाहका छोराहरूको सूची यही होः जेठा छोरा योहानान थिए। माहिला छोरा यहोयाकीम थिए। साहिंला छोरा सिदकियाह थिए अनि कान्छा छोरा शल्लूम थिए।

16 यहोयाकीमका छोराहरू यकोन्याह, तिनका छोरा सिदकियाह थिए।

17 यहोयाकीम बाबेलमा कैदी भए पछि यहोयाकीमका छोरा-छोरीहरूको सूची यही हो। तिनका छोरा-छोरीहरू शालतीएल,

18 मल्कीराम, पदायाह, शेनस्सर, यकन्याह, होशामा अनि नदब्याह थिए।

19 पदायाहका छोराहरू यरूबाबेल अनि शिमी थिए। यरूबाबेलका छोराहरू मशुल्लाम अनि हनन्याह थिए। शलोमीत तिनीहरूकी बहिनी थिइन्।

20 यरूबाबेलका अरू पनि पाँच जना छोरा थिए। तिनीहरूका नाउँ हशूबा, ओहेल, बेरेक्याह, हसयाह, अनि यूशप-हेसेद हो।

21 हनन्याहका छोरा पलत्याह थिए तिनका छोरा यशैयाह थिए अनि तिनका छोरा रपायाह थिए, अनि तिनका छोरा अर्नान थिए, तिनका छोरा ओबधाह, तिनका छोरा शकन्याह थिए।

22 यो शकन्याहका सन्तानहरूको सूची हो शमायाह शमायाहका छ जना छोराहरू थिएः शमायाह, हत्तूश, यिगाल, बारीह, नार्याह अनि शापात।

23 नार्याहका तीन जना छोराहरू थिए। ती एल्योएनै, हिजकियाह अनि अज्रीकाम थिए।

24 एल्योएनैका सात जना छोराहरू थिए। ती होदक्याह, एल्यासीब, पलयाह, अक्कूब, योहानान, दलायाह र अनानी थिए।

Ler em outra tradução

Comparar lado a lado

Estude este capítulo no WhatsApp

Peça à IA da Bíblia Fala para explicar 1 Crônicas 3, comparar traduções ou montar um estudo — tudo direto pelo WhatsApp.