1 Crônicas 10

The Holy Bible, Easy Reading Version, in Nepali (NPI2010)

1 पलिश्ती मानिसहरू इस्राएलका मानिसहरू सित लडे। इस्राएलका मानिसहरू पलिश्ती मानिसहरू देखि भागे। धेरै इस्राएलीहरू गिल्बो डाँडामा मारिए।

2 पलिश्तीहरूले शाऊल अनि उनका छोरालाई खेद्दै गए। तिनीहरूले उनीहरूलाई भेट्टाए अनि मारिदिए। पलिश्तीहरूले शाऊलका छोराहरू जोनाथन, अबीनादाब अनि मल्कीशूअलाई मारिदिए।

3 शाऊलको चारैतिर घमासान युद्ध भयो। धनुधारीहरूले आफ्ना काँडले शाऊललाई हाने अनि उनलाई घाइतेतुल्याए।

4 तब शाऊलले आफ्ना हतियार बोक्नेलाई भने, “तेरो तरवार बाहिर निकाल अनि मलाई मार्न प्रयोग गर। तब ती विदेशीहरूले मलाई चोट पुर्याउने छैनन्। अनि मलाई लज्जित बनाउने छैनन् जब तिनीहरू आउँदा।”

5 हतियार बोक्नेले शाऊलको मृत्यु भएको देखे। तब उसले पनि उ तरवारको चुच्चयोमा लडेर आत्माहत्या गरे।

6 यसरी शाऊल अनि तिनका तीन जना छोराहरूको पनी मृत्यु भयो। शाऊलका परिवार सबैको एकसाथ मृत्यु भयो।

7 बेंसीमा बस्ने सबै इस्राएलका मानिसहरूले देखे कि तिनीहरूका आफ्नै सेना भागे। तिनीहरूले देखे कि शाऊल अनि तिनका छोराहरू मरे। यसर्थ तिनीहरूले आफ्ना शहरहरू छोडे र भागे। तब पलिश्ती मानिसहरू इस्राएलका मानिसहरूले छाडेका शहरहरूमा आए अनि पलिश्ती मानिसहरू ती शहर कब्जागरि बसे।

8 भोलि पल्ट पलिश्ती मानिसहरू मृत शरीरहरूबाट मूल्यवान चीजहरू लिन आए। तिनीहरूले शाऊलको शरीर अनि तिनका छोराहरूका शरीरहरू गिल्बो डाँडामा पाए।

9 पलिश्तीहरूले शाऊलको शरीरबाट मूल्यवान चीजहरू निकाली लगे। तिनीहरूले शाऊलको शिर अनि हतियारहरू पनी लगे। तिनीहरूले उनीहरूका देशभरि उनीहरूका असत्य देवताहरू अनि उनीहरूका मानिसहरूलाई खबर सुनाउनका निम्ति दूतहरू पठाए।

10 पलिश्तीहरूले शाऊलको हतियारहरू तिनीहरूका असत्य देवताहरूको मन्दिरमा राखे। तिनीहरूले शाऊलको शिर दागोनको मन्दिरमा झुण्ड्याए।

11 याबेश गिलाद शहरमा बस्ने सबै मानिसहरूले पलिश्ती मानिसहरूले शाऊल प्रति गरेका सबै कुराहरू सुने।

12 याबेश गिलादको सबै साहसी मानिसहरू लिएर शाऊल अनि उसका छोराहरूका मृतदेहहरू लिन गए। तिनीहरूले ती मृतदेहहरू याबेश गिलादमा ल्याए। तिनीहरूले शाऊल अनि तिनका छोराहरूको हड्डीहरू याबेशमा एक विशाल रूखमुनि गाडे। त्यस पछि तिनीहरू सात दिनसम्म उपवास बसे।

13 शाऊलको मृत्यु भयो किनभने तिनी परमप्रभु प्रति विश्वासनीय भएनन्। शाऊलले परमप्रभुका वचन पालन गरेनन्। शाऊलले परमप्रभुलाई सोध्नुको सट्टा एउटा भूतप्रेत खेलाउने कहाँ गए अनि तिनको सल्लाह मागे।

14 तिनले परमप्रभुको सल्लाह लिएनन्। त्यसै कारणले परमप्रभुले शाऊललाई मारिदिनु भयो अनि राज्य यिशैको छोरा दाऊदलाई दिनु भयो।

Ler em outra tradução

Comparar lado a lado

Estude este capítulo no WhatsApp

Peça à IA da Bíblia Fala para explicar 1 Crônicas 10, comparar traduções ou montar um estudo — tudo direto pelo WhatsApp.