1 Coríntios 6

The Holy Bible, Easy Reading Version, in Nepali (NPI2010)

1 तिमीहरूमध्ये एक जनाको अर्को भाईसंग झगडा भएको छ, भने न्यायको निम्ति सन्तहरूकहाँ नगएर अधर्मीकहाँ जाने के त्यसले आँट गर्छ?

2 के तिमीहरूलाई थाहा छैन परमेश्वरका मानिसहरू संसारकै न्याय गर्छन्? यदि तिमीहरूले संसारको न्याय गर्दैछौ भने तिमीहरूको आपसको सानो कलह किन मिलाउदैनौ?

3 तिमीहरू जान्दछौ भविष्यमा हामी स्वर्गदूतहरूको न्याय गर्ने छौं। तब हामी राम्ररी यस्ता दैनिक जीवनका विषयका कुराहरू न्याय गर्न सक्छौं।

4 यसर्थ न्याय गरिनु पर्ने त्यस्ता मतभेद भए त्यसलाई किन बाहिरका मानिसहरूकहाँ लैजान्छौ? मण्डलीका निम्ति तिनीहरू कोही पनि होइनन्।

5 म तिमीहरूलाई शर्ममा पार्न यो भन्छु। तिमीहरूका समूहमा, कोही न कोही ज्ञानी जनहरू अवश्यै होलान् जसले दुइ भाइहरूको माझको कलह न्याय गर्न सक्लान्।

6 तर अहिले, एउटा भाइ अर्को भाइको विरूद्धमा अदालत जान्छ। अझ यो भन्दा खराब त तिनीहरू यस्ता मानिसहरूलाई अपील गर्छौ जो विश्वासीहरू होइन।

7 एका अर्कोको विरुद्धमा मामला लाउनु नै तिमीहरूको हार हो। बरू अन्याय किन नसहनु? बरू किन आफैँ ठगिदैनौ?

8 तिमी आफै गल्ती गर्छौ अनि अरूलाई ठग्छौ। अनि त्यो पनि आफ्नै ख्रीष्टको दाज्यू-भाईहरू माझ!

11 अघि तिमीहरू पनि कतिपय यस्तै थियौ। तर अब तिमीहरू धोइएका छौ, पवित्र बनाइएका छौ अनि हाम्रा प्रभु ख्रीष्टको नाउँमा अनि हाम्रा परमेश्वरको आत्माद्वारा तिमीहरू परमेश्वरको निम्ति धार्मिक बनाइएका छौ।

12 “सबै कुरा मेरा निम्ति असल छन्,” तर सबै कुरा फाइदा का छैनन्। “म जे गर्न पनि स्वतन्त्र छु।” तर म कुनैलाई आफ्नो मालिक हुन दिने छुइन्।

13 “भोजन पेटको निम्ति हो र पेट भोजनको निम्ति हो।” यो ठिक हो। तर परमेश्वरले ती दुवैलाई नाश पार्नु हुनेछ। शरीर यौन अपराधको निम्ति होइन शरीर प्रभुको निम्ति हो र प्रभु शरीरका निम्ति हुनु हुन्छ।

14 परमेश्वरले आफ्नो शक्तिले प्रभु येशूलाई मृत्युबाट बौराउनु भयो। परमेश्वरले हामीलाई पनि मृत्युबाट बौराउनु हुनेछ।

15 तिमीहरूको शरीरहरू ख्रीष्टका अंगहरू हुन् यो कुरो तिमीहरूलाई थाहा छ। यसैले मैले ख्रीष्टका अंगहरूलाई कुनै वेश्याको अंगसित एक बनाउनु हुदैंन।

16 शास्त्रमा लेखिएको छः “ती दुइजना मानिसहरू एक जीउ बन्नेछ।” यसैले तिमीहरूले बुझनु पर्छ वेश्यासित यौन सम्बन्ध राख्ने मानिस वेश्याकै शरीरसित एक बन्नेछ।

17 तर जो प्रभुसित जोडिन्छ त्यो मानिस आत्मामा प्रभु सितै एक बन्दछ।

18 यसैकारण यौन पापदेखि अलग हौ। मानिसले अरू जुन सुकै अपराध गरोस् त्यो शरीरदेखि बाहिर हुँदछ तर उसले गरेको यौन अपराध आफ्नै शरीरको विरुद्ध हुनेछ।

19 तिमीले बुझ्नु पर्छ कि तिम्रो शरीर पवित्र आत्माको मंदिर हो। पवित्र आत्मा तिमी भित्र छ। परमेश्वरबाट तिमीले त्यो पवित्र आत्मा पाएकाछौ यसकारण तिमी आफ्नो मालिक होइनौ।

20 परमेश्वरद्वारा मोल तिरेर तिमी किनिएकाछौ। यसैले आफ्नो शरीरद्वारा परमेश्वरको सम्मान गर।

Ler em outra tradução

Comparar lado a lado

Estude este capítulo no WhatsApp

Peça à IA da Bíblia Fala para explicar 1 Coríntios 6, comparar traduções ou montar um estudo — tudo direto pelo WhatsApp.