Salmos 33

Nepali Bible (GL_NEPALI)

1 हे असल धार्मिक मानिसहरू परमप्रभुमा आनन्दित होऊ! उहाँको गुण गाउनु मानिसहरूका लागि राम्रो हुन्छ।

2 वीणा बजाएर परमप्रभुको स्तुति गर! दश तारे साराङ्गी बजाएर परमप्रभुको भजन गाओ।

3 उहाँको निम्ति एउटा नयाँ गीत गाऊ। सुखमय सुन्दर वाद्यहरू बजाऊ!

4 परमेश्वरको वचन सत्य छ। उहाँले गर्नुभएको प्रत्येक कुरामा तिमीहरू भर पर्न सक्छौ।

5 परमेश्वर स्वच्छ हुनु मन पराउनु हुन्छ अनि राम्रो काम गर्नु हुन्छ। परमेश्वरको साँचो प्रेमले पृथ्वी भरिन्छ।

6 परमप्रभुले आदेश गर्नुभयो र यो संसार बनियो। परमेश्वरको मुखबाट निस्केको सासबाट पृथ्वीमा प्रत्येक कुराको सृजना भयो।

7 परमप्रभुले समुद्रबाट पानी एक ठाउँमा थुपार्नु भयो। उहाँले सागरलाई आफ्नो ठाउँमा राख्नुभयो।

8 यस पृथ्वीमा प्रत्येक मानिसले डराउनु पर्छ र परमप्रभुको सम्मान गर्नु पर्छ। संसारमा भएका सबै मानिसहरू उहाँदेखि डराउनु पर्नेछ।

9 किन? किनभने परमेश्वरले आदेश गर्दा मात्र ती कुराहरू प्रकट हुन्छन। अनि यदि उहँले भन्नुहुन्छ, “रोक!” तब ती सबै रोकिने छन्।

10 यदि परमप्रभुले चाहनु भयो भने, प्रत्येकका योजनाहरू व्यार्थ पार्न सक्नुहुन्छ। उहाँले तिनीहरूका योजनाहरू ध्वंश पार्न सक्नु हुन्छ।

11 तर परमप्रभुको सल्लाह सदा-सर्वदा असल हुन्छ। उहाँका योजनाहरू पुस्तौं-पुस्तासम्म असल हुन्छन्।

12 परमप्रभु जुन मानिसहरूको परमेश्वर स्वरूप हुनुहुन्छ, तिनीहरू सौभाग्यशाली हुन्छन्। किन? किनभने परमेश्वरले तिनीहरूलाई उहाँको आफ्नै खास मानिसहरू सरह रोज्नु भएकोछ।

13 परमप्रभुले स्वर्गबाट तल हेर्नु भयो अनि उहाँले सारा मानिसहरूलाई देख्नु भयो।

14 उहाँले उच्च-आसनबाट तल पृथ्वीमा बाँचिरहेका सारा मानिसहरूलाई हेर्नु भयो।

15 परमेश्वरले प्रत्येक मानिसको रचना गर्नुभयो। परमेश्वर तिनीहरूले के सोच्दछन् जान्नुहुन्छ।

16 कुनै पनि राजा आफ्नो महान् शक्तिद्वारा बाँच्दैन। कुनै पनि बलियो सिपाही उसको महान् बलबाट बाँच्दैन।

17 घोडाहरूले साँच्चै लडाइँमा विजय ल्याउँदैनन्। तिनीहरूका बलले तिनीहरूलाई वास्तवमा भाग्न सहायता गर्न सक्दैन।

18 परमप्रभुले हेर्नुहुन्छ साथै हेरचाह गर्नुहुन्छ तिमीहरूमध्ये जसले उहाँलाई मान्दछन्। जसले उहाँलाई सम्मान् गर्छ उहाँ महान् प्रेमले, मानिसहरूको रक्षा गर्नुहुन्छ।

19 परमेश्वरले ती मानिसहरूलाई मृत्युबाट बचाउनु हुन्छ। जब तिनीहरू भोका हुन्छन् उहाँले तिनीहरूलाई बल दिनुहुन्छ।

20 यसैले हामी आशा लिएर परमप्रभुलाई पर्खनेछौं। उहाँले हामीलाई साथ दिनुहुन्छ र रक्षा गर्नुहुन्छ।

21 परमेश्वरले हामीलाई खुशी पार्नु हुन्छ, हामी साँच्चै उहाँको पवित्र नाउँमा भरोसा गर्छौं।

22 हे परमप्रभु, हामी साँचो मनले तपाईंलाई पूज्दछौं! यसर्थ हामीलाई तपाईंको महान् प्रेम दर्शाउनुहोस्।

Ler em outra tradução

Comparar lado a lado

Estude este capítulo no WhatsApp

Peça à IA da Bíblia Fala para explicar Salmos 33, comparar traduções ou montar um estudo — tudo direto pelo WhatsApp.