Salmos 144

Nepali Bible (GL_NEPALI)

1 परमप्रभु मेरो चट्टान हुनुहुन्छ, परमप्रभुको प्रशंसा गर। परमप्रभुले मलाई युद्धको लागि प्रशिक्षण दिनु हुन्छ। उहाँले मलाई युद्ध भूमिको निम्ति तयार पार्नुभयो।

2 परमप्रभुले मलाई प्रेम गर्नुहुन्छ र मेरो रक्षा गर्नुहुन्छ। परमप्रभु नै त्यो उच्च पर्वतमा मेरो सुरक्षाको जग्गा हुनुहुन्छ। परमप्रभुले मलाई मुक्ति दिनुहुन्छ। परमप्रभु मेरो ढाल हुनुहुन्छ। म उहाँमा भरोसा राख्दछु परमप्रभुले मलाई आफ्ना मानिसहरूमाथि राज्य गर्न सघाउनु हुन्छ।

3 हे परमप्रभु, मानिसहरू तपाईंको लागि किन मुख्यछन्? किन तपाईं मानव जातिलाई नियाल्नुहुन्छ?

4 मानिसको जीवन मात्र हावाको झोंका हो। मानिसको जीवन अस्थायी छाया जस्तो मात्र हो।

5 हे परमप्रभु, आकाश च्यातेर तपाईं तलतिर झर्नुहोस् पर्वतहरूमा हुनुहोस् र धूवाँ त्यहाँबाट उठ्ने छ।

6 परमप्रभु, चट्याङ्ग पठाउनु होस् र मेरो शत्रुहरूलाई धपाई भगाउनु होस्। तपाईंका “काँडहरू” चलाउनु होस् र तिनीहरूलाई खेद्नुहोस्।

7 परमप्रभु, आकाशबाट तल झरेर मलाई बचाउनु होस्! मलाई शत्रुहरूका समुद्रमा डुब्नबाट बचाउनु होस्। मलाई ती परदेशीहरूबाट बचाउनु होस्।

8 ती शत्रुहरू झूटाहरू हुन्। तिनीहरूले जे कुरा गर्छन तिनीहरू सत्य छैनन्।

9 हे परमप्रभु, तपाईंले गर्नु भएका आश्चर्यजनक कुराहरूका बारेमा। म एक नयाँ गीत गाउने छु म तपाईंको स्तुति-गान गर्नेछु अनि दशतारे वीणा बजाउने छु।

10 परमप्रभुले नै राजाहरूलाई युद्ध जित्नलाई सघाउनु भयो। परमप्रभुले आफ्ना दास दाऊदलाई शत्रुहरूका तरवारहरूबाट बचाउनु भयो।

11 मलाई ती विदेशीहरूबाट बचाउनु होस्। ती शत्रुहरू झुटा छन्। तिनीहरूले भनेका कुराहरू असत्य छन्।

12 हाम्रा जवान छोराहरू बलिया रूखहरू जस्ता छन्। हाम्रा छोरीहरू राजाको दरबारमा सजिएको सजावट जस्ता छन्।

13 हाम्रो भण्डारहरू नाना प्रकारका अन्नहरूले भरिएका छन्। त्यहाँ हाम्रो खेतहरूमा हजारौं-हजार भेडाहरू छन्।

14 हाम्रा सैन्यहरू सुरक्षित छन्। कुनै शत्रुले पनि भत्काउने चेष्टा गरिरहेको छैन्। हामी युद्ध गर्न गइरहेका छैनौं। युद्धमा शिकार भएकाहरू हाम्रो गल्लीमा चिच्याई रहेका छैनन्।

15 समयमा यसरी नै मानिसहरू खुशी छन्। यदि परमप्रभु नै उनीहरूको परमेश्वर हुनुहुन्छ भने,मानिसहरू खुशी हुन्छन्।

Ler em outra tradução

Comparar lado a lado

Estude este capítulo no WhatsApp

Peça à IA da Bíblia Fala para explicar Salmos 144, comparar traduções ou montar um estudo — tudo direto pelo WhatsApp.