Neemias 9

Nepali Bible (GL_NEPALI)

1 अब, यो महीनाको चौबीसौं दिनमा इस्राएलका मानिसहरू उपवास बसे एकत्रित भए र भागङ्गरा लगाए अनि तिनीहरूले आफै माथि धूलो हाले।

2 इस्राएली कुलहरूले स्वयंलाई समस्त विदेशीहरूबाट अलग गरे। तिनीहरू उभिए अनि आफ्ना पापहरू र आफ्ना पुर्खाहरूका भूल स्वीकार गरे।

3 तिनीहरू आफ्ना स्थानमा उभिए अनि एक चौथाइ दिनसम्म तिनीहरूका परमेश्वरको व्यवस्थाको पुस्तकबाट पाठ गरे।

4 तब येहूअ बानी, कदूमीएल, शबन्याह, बुन्नी, शेरेब्याह बानी, अनि कनानी सहित लेवीहरूको सिंढींमा उभिए अनि तिनीहरू ठूलो स्वरमा परमप्रभु तिनीहरूका परमेश्वर संग कराए।

5 तब लेवी येशूअ, कद्‌मीएल, बानी, हशबियाह, शबन्याह, होदियाह, शेबानिया अनि पतहियाहले भने, “उठ अनि परमप्रभु तिम्रा परमेश्वरको स्तुति गर।” किनभने उहाँ शरू देखि अन्त सम्म हुनुहुन्छ। तपाईंको महिमित नाउँको स्तुति होस। यद्यपि यो सम्पूर्ण आशीष अनि प्रशंसा भन्दा आश्चर्यजनक छ।

6 तपाईं परमेश्वर हुनुहुन्छ, हे परमप्रभु तपाईंले मात्र सर्वोच्च स्वर्ग अनि त्यसमा तारा-मण्डल बनाउनु भयो। तपाईंले पृथ्वी अनि यसमा भएका हरेक बस्तुहरू सागरहरू अनि त्यसमा भएका हरेक बस्तुहरू बनाउनु भयो। तपाईंले ती सबैलाई जीवन प्रदान गर्नु भयो, अनि स्वर्गका तारा-मण्डलले तपाईंको आराधना गर्छन्।

7 तपाईं परमप्रभु परमेश्वर हुनुहुन्छ जसले अब्रामलाई चुन्नु भयो, अनि कल्दीहरूको ऊरबाट बाहिर ल्याउनु भयो, अनि उसलाई अब्राहाम नाउँ दिनुभयो।

8 तपाईंले जान्नु भयो कि उनी तपाईंका भक्त थिए यसर्थ तपाईंले ऊसित कनानीहरू, हित्तीहरू, एमोरीहरू, परिज्जीहरू, यबूसीहरू र गिर्गाशीहरूको भूमि उसका सन्तानलाई दिन्छु भनि करार बाँध्नु भयो। तपाईंले आफ्नो प्रतिज्ञा पूरा गर्नु भयो किनभने तपाईं धर्मी हुनुहुन्छ।

9 तपाईंले मिश्रदेशमा हाम्रा पुर्खाहरूको यातना देख्नु भयो, अनि लाल समुद्रमा तपाईंले सहायताका निम्ति उनीहरूको पुकारा सुन्नु भयो।

10 तपाईंले चिन्हहरु र आश्चर्यमय कुराहरू फिरऊन मिश्रदेशका राजा अनि तिनका समस्त सेवकहरू अनि तिनका देशका समस्त मानिसहरूको विरूद्ध गर्नुभयो, किनभने तिनीहरूले हाम्रापुर्खा हरूलाई अत्याचार गरेको तपाईंलाई थाहा थियो। तपाईं अहिले सम्म रहनु भए झैं प्रसिद्ध हुनुभयो।

11 तपाईंले तिनीहरू समक्ष समुद्रलाई विभाजन गरिदिनु भयो, अनि तिनीहरू सूख्खा जमीन भएर हिंडी समुद्र पार भए। तर तिनीहरूलाई खेद्ने फिरऊनका सेनालाई पानीमा ढुङ्गालाई फ्याँकिदिए जस्तै तपाईंले फ्याँकिदिनु भयो।

12 तपाईंले तिनीहरूलाई दिउँसो बादलको खामो अनि राती आगोको ज्वाला सहित तिनीहरू हिंडनु पर्ने बाटो उज्यालो पारी डोर्याउनु भयो।

13 तपाईं सीनै पर्वतमाथि झर्नु भयो अनि तिनीहरूलाई उचित न्याय र साँचो शिक्षा तिनीहरूसित स्वर्गबाट बोल्नुभयो अनि तपाईंले तिनीहरूलाई असल आदेश र आज्ञाहरू दिनुभयो।

14 अनि तपाईंले तिनीहरूलाई तपाईंको पवित्र विश्रामको दिनको बारेमा भन्नुभयो, अनि तपाईंले तिनीहरूलाई तपाईंका सेवक मोशाको मार्फत आज्ञा अनि एक व्यवस्था दिनुभयो।

15 तपाईंले तिनीहरू भोककाएको बेला तिनीहरूको निम्ति स्वर्गबाट रोटी दिनुभयो, अनि तिनीहरू तिर्खाएको बेला चट्टानबाट पानी दिनुभयो तपाईंले तिनीहरूलाई जाऊ अनि गएर तिनीहरूलाई दिन्छु भनी वचन दिएको भूमि अधिकारमा लेऊ भन्नुभयो।

16 तर ती हाम्रा पुर्खाहरू अट्टेरी थिए अनि तपाईंका आदेश पालन गरेनन्।

17 तिनीहरूले आज्ञा पालन गर्न अस्वीकार गरे, अनि तपाईंले तिनीहरूमाझ गर्नुभएको चमत्कार तिनीहरूले सम्झेनन्। तिनीहरू घमण्डी भए अनि मिश्र देशमा दासत्वमा फर्किजानलाई एक अगुवा नियुक्त गरे। तपाईं क्षमाशील परमेश्वर हुनुहुन्छ, दयालु अनि कृपालु र धीरजी प्रेमपूर्ण हुनुहुन्छ। यसकारण तपाईंले तिनीहरूलाई त्याग्नु भएन,

18 जब तिनीहरूले स्वयंका निम्ति धातु निर्मित बाछा को मूर्ति बनाए। अनि तिनीहरूले भने, ‘यो तिमीहरूको देवता हो जसले तिमीहरूलाई मिश्रदेश बाहिर ल्याए जब तिनीहरूले तपाईंको विरूद्ध डरलाग्दा कुराहरू गरे।’

19 तर तपाइको महान करूणाको कारणले गर्दा, तपाईंले तिनीहरूलाई मरूभूमिमा छोडनु भएन, बादलको खामोले तिनीहरूलाई दिनको यात्रामा अगुवाई गर्न रोकनु भएन अनि आगोको मुस्लोले राती तिनीहरू हिंडनु पर्ने बाटो उज्यालो तुल्याउन छोडनु भएन।

20 तपाईंले तिनीहरूलाई शिक्षा दिन तपाईंको उत्तम जोश प्रदान गर्नुभयो। तपाईंले तिनीहरूको मुखबाट तपाईंको स्वर्गीय भोजन खोस्नु भएन, अनि तिनीहरूको तिर्खामा तपाईंले तिनीहरूलाई पानी दिनुभयो।

21 तपाईंले चालीस वर्षसम्म उज्जाड स्थानमा तिनीहरूको हेरचाह गर्नुभयो, त्यहाँ तिनीहरूलाई केही अभाव थिएन। तिनीहरूका वस्त्रहरू मक्किएनन् र तिनीहरूका खुट्टाहरू पनि सुनिएनन्।

22 तपाईंले तिनीहरूलाई राज्यहरू अनि मानिसहरू दिनुभयो। तपाईंले तिनीहरूलाई यी सीमा-भूमिको रूपमा प्रदान गर्नुभयो। तिनीहरूले हेशबोनका राजा सीहोनको देश अनि बाशानका राजा ओगको भूमि अधिकारमा लिए।

23 तपाईंले तिनीहरूका सन्तानहरूलाई आकाशका ताराहरू जस्तै अनगिन्ती तुल्याई दिनुभयो। तपाईंले तिनीहरूलाई त्यो भूमिमा ल्याउनु भयो जुन भूमिमा तिनीहरूका पुर्खाहरूलाई प्रवेश गर्ने, अधिकारदिनु भएको थियो। केटा-केटीहरू प्रवेश गरे र त्यो भूमि अधिकारमा लिए।

24 अनि तपाईंले तिनीहरू समक्ष त्यस भूमिका कनानीहरूलाई परास्त गर्नुभयो।

25 तपाईंले तिनीहरूका राजाहरू अनि भूमिका मानिसहरू सहित ती तिनीहरूको नियन्त्रण अधिकारमा दिनुभयो, तिनीहरूको खुशी अनुसार ‘जे गरे पनि गरुन्’ भनी। तिनीहरूले किल्ला बन्दी गरेका शहरहरू अनि मलिलो भूमि अधिकारमा लिए। तिनीहरूले हरेक असल वस्तुले भरिपूर्ण घरहरू, खनि सकेका कुवा, दाख वारी अनि भद्राक्षका वृक्षहरू र अनेक फलका बृक्षहरू लिए। यसरी तिनीहरूले पेट भरूञ्जेल खाए र मोटाभए तिनीहरूले तपाईंको महान भला पनको आनन्द लिए।

26 तर तिनीहरू अनाज्ञाकारी भएर तपाईंको विरूद्ध विद्रोह गरे अनि तपाईंको व्यवस्था आफ्ना पिठ तिर फ्याँके। तिनीहरूले तपाईंका अगमवक्ताहरूलाई मारे जसले तिनीहरूलाई तपाईं कहाँ फर्काई ल्याउका निम्ति तिनीहरूलाई चेतावनी दिएका थिए। तिनीहरूले तपाईंको विरूद्धमा डरलाग्दा कामहरू गरे।

27 यसर्थ तिनीहरूलाई तपाईंले उनीहरुको शत्रुहरूलाई सुम्पि दिनुभयो। अनि शत्रुहरूले तिनीहरूलाई नराम्रो प्रकारले सताए, तिनीहरूको आफ्तको समयमा तपाईंको सहायताका निम्ति पुकारा गरे अनि तपाईंले स्वर्गबाट तिनीहरूको रोदन सुन्नुभयो। तपाईंको महान कृपाको कारण तिनीहरूको लागि उद्धारकर्त्ताहरू प्रदान गर्नुभयो।

28 जसले तिनीहरूलाई तिनीहरूका शत्रुको शक्तिबाट बँचाए। तर तिनीहरूले आफ्नो शत्रुहरूबाट छुटकार पाउन साथ फेरि त्यही गरे जसलाई तपाईंले नराम्रो ठान्नु भएको थियो। यसकारण तपाईंले तिनीहरूलाई तिनीहरूका शत्रुका हातमा छाडिदिनुभयो। जसमा कि तिनीहरूमाथि शत्रुहरूले शासन गरून् भनी, तर फेरि तिनीहरूले तपाईं प्रति रोदन गरे। तपाईंले फेरि तिनीहरूका कुरा स्वर्गबाट सुनिदिनु भयो अनि तपाईंको महा कृपाद्वारा धेरैपल्ट तिनीहरूको उद्धार गरि दिनुभयो।

29 तपाईंको व्यवस्था तर्फ तिनीहरूलाई फर्काउनका निम्ति तपाईंले चेतावनी दिनुभयो। तर तिनीहरू अट्टेरी भए र तपाईंका आदेशको पालन गरेनन्। तिनीहरूले तपाईंको व्यवस्थाको विरूद्ध पाप गरे। जुन व्यावस्थाले ती पालन गर्ने व्यक्तिहरूका निम्ति जीवन ल्याउँदछ। तिनीहरू ढीठ, अनिच्छुक अनि अनाज्ञाकारी बने।

30 तपाईं धेरै वर्षसम्म तिनीहरू प्रति धीरजीरहनु भयो, अनि तपाईंले तिनीहरूलाई तपाईंका अगमवक्ताहरू द्वारा तपाईंको आत्माले चेतावनी दिनुभयो। तर तिनीहरूले सुनेनन् यसर्थ तपाईंले तिनीहरूलाई विदेशी राष्ट्रहरूलाई सुम्पिदिनुभयो।

31 तर, तपाईंको महा-कृपाले गर्दा तिनीहरूलाई तपाईंले पूर्णरूपले ध्वंश गर्नुभएन, अनि तपाईंले तिनीहरूलाई त्याग्नुभएन, किनकि तपाईं अनुग्रहमय र दयालु परमेश्वर हुनुहुन्छ।

32 अब, हे परमेश्वर, महान परमेश्वर, शक्तिशाली अनि भय योग्य परमेश्वर, जसले उहाँका करार प्रेममय विश्वास सँग पालन गर्नुहुन्छ, हाम्रो कष्टहरूलाई साधारण नसम्झनु त्यो कठिनाई हामीमाथि आएको थियो, हाम्रा राजाहरूले, हाम्रा पूजाहारीहरूले, हाम्रा अगमवक्ताहरूले, हाम्रा पिता-पुर्खाहरूले तपाईंका सम्पूर्ण मानिसहरूले अश्शूरका राजाहरूको समय देखि लिएर आज सम्म सहे।

33 हामी माथि घटेका समस्त घटना प्रति तपाईंले न्याय हुनु भएकोछ यद्यापि हामीले दुष्ट कार्यहरू गर्यौ।

34 हाम्रा राजाहरू, हाम्रा अगुवाहरू, हाम्रा पूजाहारीहरू अनि हाम्रा पुर्खाहरूले तपाईंको व्यवस्थाको पालन गरेनन्। अनि तिनीहरूले तपाईंका आदेश र तपाईंले दिनु भएको चेतावनी प्रति ध्यान दिएनन्।

35 तिनीहरू आफ्नै देशमा हुँदा पनि, तपाईंले दिनुभएको महान समृद्धिमा आनन्द भोग गरिरहँदा पनि, तपाईंले तिनीहरूलाई दिनुभएको पूरा मलिलो भूमिमा हुँदा पनि तपाईंको सेवा गरेनन्, अनि आफ्ना कुकर्मबाट फर्केनन्।

36 हेर्नुहोस, हामी आज दास छौं हो, हामी त्यस भूमिमा दासछौं जो तपाईंले हाम्रा पुर्खाहरूलाई त्यसका फलहरू अनि असल कुराहरू खान भनी प्रदान गर्नु भएको थियो।

37 भूमिको प्रशस्त फसलहरू राजाहरूका अधिनमा छ जसको अधिनमा हामीलाई हाम्रो पापको कारणले राखिदिनु भयो। तिनीहरूले हाम्रो शरीरहरू अनि हाम्रा पशुहरू माथि तिनीहरूको इच्छा अनुसार शासन गरे, अनि हामीहरू ढूलो कष्टमा पारिरहेका छौ।

38 यी सबै हुँदाहुँदै पनि हामी लिखित रूपमा बाचा बाँध्छौं।

Ler em outra tradução

Comparar lado a lado

Estude este capítulo no WhatsApp

Peça à IA da Bíblia Fala para explicar Neemias 9, comparar traduções ou montar um estudo — tudo direto pelo WhatsApp.