Josué 16

Nepali Bible (GL_NEPALI)

1 यो त्यो भूमि हो जो यूसुफका कुलले प्राप्त गरे। यो भूमि यरीहो नजिकै यर्दन नदीबाट शुरू भएर यरीहोको जल क्षेत्रसम्म लगातार फैलिएको थियो। यो यरीहोको ठीक पूर्वमा थियो। यसको सीमाना यरीहो देखि माथि तिर बेतेलको पहाडी देशसम्म लगातार फैलिएको थिए।

2 त्यसपछि त्यो सीमाना बेतेल (लाजः देखि अरकीको सीमाना अतारोत तर्फ लगातार गएको थिए।

3 तब सीमाना थल्पेतीको सीमानासम्म पश्चिमतिर गयो। त्यो सीमाना निम्न बेथोरोन तर्फ गएको थिए। त्यसपछि त्यो सीमाना गेजेर तर्फ गएर भूमध्य समुद्र तिर फैलिएको थियो।

4 यसरी मनश्शे अनि एप्रैमका मानिसहरूले आफ्ना भूमिप्राप्त गरे। मनश्शे अनि एप्रैम यूसुफका छोराहरू थिए।

5 एप्रैमका मानिसहरूलाई दिइएको भूमि यो होः तिनीहरूको पूर्वी सीमाना अत्रोतद्दार, उच्च बेथोरोनको नजिकैबाट शुरू भएको थियो।

6 अनि पश्चिमी सीमाना मिक्मतातबाट शुरू भएको थियो। त्यो सीमाना पूर्वतिर तानत्शीलो तर्फ घुमेर पूर्वतिर यानोहसम्म लगातार गएको थियो।

7 त्यसपछि त्यो सीमाना यानोह देखि तलतिर अतारोत अनि नारासम्म गएको थियो। त्यो सीमाना यरीहोलाई नछोए सम्म लगातार गएर यर्दन नदीमा समाप्त भएको थिए।

8 त्यो सीमाना तप्पूह देखि पश्चिम तिर कानाको बेसी तर्फ गएर समुद्रमा समाप्त भएको थियो। यो सबै भूमिहरू एप्रैमका मानिसहरूलाई दिइएका भूमिहुन्। त्यस कुल समूहका प्रत्येक वंशले यो भूमिको एक अंश पाए।

9 एप्रैमको सीमानाका अनेक शहरहरू वास्तवमा मनश्शेका सीमाना भित्र थिए। तर एप्रैमका मानिसहरूले ती शहरहरू अनि ती वरिपरिका खेतहरू पाए।

10 तर एप्रैमका मानिसहरूले कनानी मानिसहरूलाई गेजेर शहर छाड्न बाध्य तुल्याउन समर्थ थिएनन्। यसकारण कनानी मानिसहरू एप्रैमी मानिसहरू माझ बस्छन्। तर कनानी मानिसहरू एप्रैमी मानिसहरूका दास भएका छन्।

Ler em outra tradução

Comparar lado a lado

Estude este capítulo no WhatsApp

Peça à IA da Bíblia Fala para explicar Josué 16, comparar traduções ou montar um estudo — tudo direto pelo WhatsApp.