Jeremias 12

Nepali Bible (GL_NEPALI)

1 हे परमप्रभु! यदि मैले तपाईंसँग वकालत गरें भने, तपाईं सँधै धार्मिक नै हुनुहुन्छ। तापनि मलाई केही भन्न दिनुहोस् जुन सही देखिँदैन। किन दुष्ट मानिसहरू सफल हुन्छन्? किन दुष्ट मानिसहरू सम्पन्न जीवन जिउँछन्?

2 तपाईंले तिनीहरूलाई रोप्नु भयो अनि तिनीहरू शक्तिशाली भए। तिनीहरू बढछन् अनि फल दिन्छन्। तपाईं तिनीहरूका सम्मुख हुनुहुन्छ तर हृदयदेखि भने टाढा।

3 तर हे परमप्रभु तपाईं मेरो हृदयलाई चिन्नु हुन्छ। तपाईंले मलाई देख्नु भएको छ अनि मेरो मनलाई जाँच्नु भएको छ। तिनीहरूलाई थुमाहरूलाई कसाइले अघि ताने झैं तान्नुहोस्। हत्या गरिने दिनको लागि तिनीहरूलाई अलग राख्नु होस्।

4 कहिले सम्म जमीन सूख्खा रहन्छ? कहिले सम्म घाँस ओइलिन्छ? त्यहाँ बस्ने मानिसहरूको दुष्टयाईले गर्दा सब चरा-चुरूङ्गीहरू अनि पशुहरू लोप भइसके। तैपनि ती दुष्ट मानिसहरू भनिरहेका छन्, “यर्मियाले हामीमाथि के घट्छ देख्ने छैन।”

5 “यर्मिया, यदि तिमी मानिसहरूसंग दुगुर्दा थाक्यौ भने कसरी घोडाहरूसित दगुर्न सक्छौ? यदि तिमीले शान्तिमय ठाउँमा भरोसा गर्यो भने डरलाग्दो जग्गामा तिमी के गर्नेछौ? यर्दन नदीको किनारमा बढदै गरेको काँडे झाडीहरूमा तिमी के गर्ने छौ?

6 ती मानिसहरू तिम्रा आफ्नै दाज्यू-भाइहरू हुन। तिम्रा आफ्नै परिवारका सदस्यहरूले तिम्रै विरूद्धमा षड्‌यन्त्र रचिरहेकाछन्। तिनीहरू तिम्रो विरूद्धमा जोरसित कराउँछन्। तिनीहरूले मीठा कुराहरू गरे पनि तिनीहरूमाथि भरोसा नगर।”

7 “मैले आफ्नो घर परिवार त्यागेको छु, मैले आफ्नो सम्पत्ति छाडें। म जसलाई प्रेम गर्दछु उसैलाई उसको शत्रुहरूलाई सुम्पें।

8 मेरा मानिसहरू सिंह झैं छन। तिनीहरू म पट्टि फर्की र्गजिए, यसकारण म तिनीहरूको शत्रु भएको छु।

9 मेरा मानिसहरू मरेका पशुहरू जस्तै छन्। गिद्धहरू तिनीहरूको वरिपरि उडछन्। आऊ, जङ्गली हे पशुहरू हो। खान भेला होऊ।

10 घेरै गोठालाहरूले मेरो दाखबारीहरू नष्ट पारिदिए। ती गोठालाहरू मेरो खेतका विरूवामाथि जथाभावी हिँडे। ती गोठालाहरूले मेरो सुन्दर खेत बारी रित्तो मरूभूमिमा परिणत गरिदिए।

11 तिनीहरूले मेरो खेत मरूभूमि बनाइदिए। यो सूखा र अनुर्बर छ र मेरो लागि रून्छ। सम्पूर्ण भूमि नै उजाड भएकोछ, तर कसैले वास्ता गर्दैन।

12 मरूभूमिको पहाडमाथि ध्वंशकहरू आउँछन्। यो भूमिको एक कुनादेखि अर्को कुना सम्म परमप्रभुको तरवारले सम्पूर्ण नष्ट पार्नेछ। कुनै जीवित वस्तु सुरक्षित रहने छैन।

13 मानिसहरूले गहूँ रोप्ने छन् तर तिनीहरूले काँढाहरूको बाली काट्नेछन्। तिनीहरू महनेत अधिक गर्छन् तर त्यसबाट केही पाउँदैनन्। आफ्नो परिश्रमको फलमा तिनीहरू आफै लज्जित अनुभव गर्नेछन। परमप्रभुको क्रोधले यी सब चीजहरू हुनेछ।”

14 यसकारण परमप्रभु भन्नुहुन्छ “मैले मेरा इस्राएली मानिसहरूलाई दिएको भूमि नजिक बसो-बास गर्ने दुष्ट मानिसहरूलाई के गर्नेछु म तिमीलाई भन्नेछु। म ती मानिसहरूलाई तिनीहरूको ठाँउबाट उखेल्नेछु अनि तिनीहरूबाट यहूदा छुट्टाउनेछु।

15 जब ती मानिसहरूलाई देश निकाला गर्नु शेष हुन्छ, तिमीहरूमाथि दया राख्नेछु। म प्रत्येक मानिसलाई उसको आफ्नै पैतृक भूमिमा ल्याउनेछु।

16 यदि ती मानिसहरूले मेरा मानिसहरूलाई बालको नाउँमा शपथ गर्न सिकाए झैं मेरो नाउँमा ‘परमप्रभु जीवित हुनुहुन्छ’ भन्न साँचो रूपमा सिके भने म तिनीहरूलाई मेरा मानिसहरूको बीचमा स्थापित गराउछु।

17 यदि कुनै राज्यले मेरो आज्ञा पालन गरेन भने त्यस जातिलाई चुडनेछु र सम्पूर्ण रूपले ध्वंस पार्नेछु।” यो सन्देश परमप्रभुबाट आएको हो।

Ler em outra tradução

Comparar lado a lado

Estude este capítulo no WhatsApp

Peça à IA da Bíblia Fala para explicar Jeremias 12, comparar traduções ou montar um estudo — tudo direto pelo WhatsApp.