Jó 39

Nepali Bible (GL_NEPALI)

1 “अय्यूब, के तिमी जान्दछौ घोरलहरू कहिले जन्मन्छन्? के तिमीले नियालेको छौ कहिले मृगले आफ्नो बच्चा ब्याउँछ?

2 के तिमी जान्दछौ कति महिनासम्म घोरले र मृगले आफ्ना पेटमा बच्चाहरू बोकी हिंडनु पर्छ? के तिमी जान्दछौ कति महिनामा तिनीहरूले ब्याउँछन्?

3 जब तिनीहरूलाई प्रसव वेदना हुन्छ तिनीहरू निहुरिन्छ र बच्चा ब्याउँछन्।

4 ती पाठाहरू खुल्ला मैदानमा खेल्दै हुर्किन्छन्। त्यसपछि तिनीहरूले आफ्ना आमाहरू छाडदछन अनि कहिले फर्केर आउँदैनन्।

5 अय्यूब, कसले जङ्गली गधाहरूलाई छाडी दियो? कसले तिनीहरूका डोरीहरू खोली दियो अनि कसले तिनीहरूलाई स्वतन्त्र गरे?

6 मैले ती जङ्गली गधाहरूलाई मरूभूमि घर जस्तै छोडिदिएँ। मैले तिनीहरूलाई बस्नको लागि नुन भएको ठाउँ छोडिदिंए।

7 जङ्गली गधाहरू होहल्लालाई घीन गर्छ अनि कसैले पनि तिनीहरूलाई नियन्त्रण गर्न सक्तैन।

8 जङ्गली गधाहरू पहाड पर्वत तिर बस्छन त्यो तिनीहरूको चौउर नै हो जहाँ तिनीहरूले हरियो घाँस खोज्दछ।

9 अय्यूब, के जङ्गली साँढेले तिम्रो सेवा गर्न राजी हुन्छ? के त्यो तिम्रो अन्न भण्डार हेरचाह गर्न राती बस्छ?

10 के एउटा जङ्गली साँढेले तिमीलाई गलामा डोरी बाँध्न दिन्छ ताकि तिमीले खेत जोत्न सक्छौ?

11 एउटा जङ्गली साँढे अति बलियो हुन्छ। तर तिम्रो काम गराउँनलाई त्यसमाथि विश्वास गर्न सक्छौ?

12 के खलाबाट धन उठाई ढुकुटीमा लान त्यो आउँछ भन्ने भरोसा गर्न सक्छौ?

13 शतुरमुर्ग उत्तेजित भई आफ्ना पंखेटाहरू फरफराउँछ तर शतुमूर्गा उड्न सक्तैन। यसको पंखेटाहरू र प्वाँखहरू सारसको जस्तो हुँदैन।

14 शतुरमुर्गले भूइँमा अण्डाहरू पार्दछ अनि बालुवामा न्यानो होस् भनि तिनीहरूलाई छोडिराख्छ।

15 शतुरमूर्गले कोही त्यसको फुलहरूमाथि हिडछ अथवा कुनै पशु त्यसमाथि हिडेर फुटाई देला भनि कुनै पर्वाह नै गर्दैन।

16 शतुरमूर्गले आफ्ना चल्लाहरूलाई आफ्नो होइन भने झैं त्याग्छे। त्यसले आफ्नो महत्वपूर्ण परिश्रमको कुनै पर्वाह नै गर्दिन।

17 किन? किनभने मैले शतुरमूर्गलाई बुद्धि दिइन। शथुरमूर्ग लठेप्रो हुन्छ अनि त्यसलाई त्यस्तै लाटो बनाइदिएँ।

18 तर जब शतुरमूर्ग दगुर्नलाई उठ्छे, ऊ घोडा र घोड सवारलाई तुच्छ ठान्छ, किनभने उ कुनै पनि घोडा भन्दा छिटो दर्गुछे।

19 अय्यूब के तिमीले घोडालाई बल दियौ? के तिमीले त्यसको घाँटीमाथि रौंहरू राख्यौ?

20 के तिमीले घोडालाई सलह जस्तो उफ्रेर टाढा जाने योग्य बनायौ? घोडा जोडले हिन्‌हिनाउँछ अनि मानिसहरूलाई त्रसित पार्दछन्।

21 घोडा खुशी हुन्छ किनभने त्यो बलियो छ। त्यसले आफ्नो खुट्टाले मैदानमा खोर्सिन्छ र युद्धभूमि तर्फ चाँडो दर्गुछ।

22 घोडाले डरको हाँसो उडाउँछ। त्यो डराउँदैन्। त्यो युद्धभूमिबाट चम्पट लाउँदैन।

23 काँडको तरकस त्यसको छेउमा र्धररर आवाज गर्छ र त्यहाँ भाला र हतियारहरू घाममा टल्किन्छन्।

24 घोडा एकदम उत्तेजित हुन्छ। त्यो मैदानमा चाँडो दर्गुछ। जब त्यसले बिगुल बजेको सुन्दछ त्यो रोकिन सक्तैन।

25 जब बिकुलको आवाज गुञ्जिन्छ घोडा कराउँछ, ‘छिटो,’ उसले टाडैबाट युद्ध सुँध्ने गर्छ। उसको कप्तानहरूले कराउँदै दिएको आदेशहरू अनि युद्धभूमिका अन्य सबै आवाजहरू सुन्दछ।

26 अय्यूब, के तिमीले बाजलाई पंखेटा फिंजाएर दक्षिणतर्फ उड्न सिकायौ?

27 के तिमी मात्र हौ जसले गिद्धलाई आकाश माथि माथि उडन सिकायौ। के तिमीले त्यसलाई उच्च पर्वतहरूमा त्यसको गुँड बनाउन सिकायौ?

28 गिद्ध पर्वत र शिखरमा बस्दछ। चट्टान नै गिद्धको किल्ला हो।

29 गिद्धले आफ्नो शिकार उच्च किल्लाबाट नियाल्दछ। गिद्धले एकदम टाढामा भएको शिकार देख्न सक्छ।

30 जहाँ मरेका सिनुहरू हुन्छन त्यहाँ गिद्धहरू एकत्रित हुने गर्छन। अनि बच्चाहरूले रगत चुस्दछ।”

Ler em outra tradução

Comparar lado a lado

Estude este capítulo no WhatsApp

Peça à IA da Bíblia Fala para explicar Jó 39, comparar traduções ou montar um estudo — tudo direto pelo WhatsApp.