Jó 3

Nepali Bible (GL_NEPALI)

1 तब अय्यूबले आफ्नो मुख खोले अनि आफू जन्मेको दिनलाई धिक्कार्न लागे।

2 उनले भनें, “म जन्मेको जुन दिन थियो त्यो सधैंको लागि लोप होस् अनि

3 जुन रात तिनीहरूले मलाई “त्यो केटो हो” भने त्यो रात पनि हराओस् भन्ने म कामना गर्छु।

4 म त्यो रात अन्धकारै रहोस् भन्ने कामना गर्दछु। परमेश्वरले त्यो दिन भुलुन् भन्ने कामना राख्दछु। त्यो दिनमा प्रकाश नपरोस् भन्ने कामना गर्दछु।

5 म कामना गर्छु कि त्यो दिन मृत्यु झैं अँध्यारो होस्। बादलले त्यो दिनलाई ढाकिदियोस् भन्ने कामना गर्दछु। म कामना गर्छु कालो बादलहरूले म जन्मेको दिनको उज्यालोलाई झसंग पारिदिन सकोस्।

6 निष्पट्ट अन्धकारले त्यो रात राखोस्। त्यो रातले त्यस वर्षको पञ्चाङ्गमा जग्गा नपावोस्। त्यो रात कुनै पनि महीनामा नपारियोस्।

7 त्यो रात रित्तो रहोस्। कुनै खुशीका होहल्ला त्यो रातमा नसुनियोस्।

8 कतिपय जादुवालाहरूले सधैं लिब्यातनलाईजगाउनु चेष्टा गरिरहेका छन। यसकारण तिनीहरूका श्रापहरू तिनीहरूलाई भन्न देऊ अनि म जन्मेको दिनलाई श्रापित पारिदेऊ।

9 त्यो प्रातः कालको तारा अन्धकारमा रहोस्। त्यो रातले बिहानलाई पर्खिरहेको होस् तर त्यो प्रकाश कहिल्यै नआवोस्। यसले सूर्यको प्रथम किरणसम्म नदेखोस्।

10 किन? किनभने त्यस रातले म जन्मनु मलाई रोकेन। त्यो रातले ती दुःख संकटहरू हेर्न मलाई रोकेन।

11 म जन्मदा नै किन मरिन? किन म गर्भमा नै तुइनँ?

12 किन मेरी आमाले मलाई घुँडामाथि राखिन्? किन मेरी आमाले मलाई दूध खुवाइन्?

13 यदि म जन्मेकै दिन मरेको भए म अहिले विश्राममा हुने थिएँ।

14 म गहन निद्रामा परेको हुन्थें अनि आरामसंग ती राजाहरू एवं ज्ञानी पुरूषहरूसंग रहन्थें जो विगतमा यस पृथ्वीमा थिए। ती मानिसहरूले आफ्ना लागि ठाउँहरू बनाए ती अहिले ध्वंश र शेष भइसकेको छ।

15 म ती शासकहरूसंगै दफनाइयोस् जसले आफ्ना चिहानहरू सुन र चाँदीहरूले भरेका थिए।

16 किन म आमाको गर्भमा नै तुइनँ? म त्यस्तो बालक हुन चाहन्थें जसले दिनको उज्यालो नै देख्न पाएन।

17 दुष्ट मानिसहरू जब चिहानभित्र हुन्छन् तब कुकर्महरू बन्द गर्छन्। अनि जो मानिस थकित हुन्छ उसले चिहानमा विश्राम पाउँछ।

18 कैदीहरूलेसम्म मोक्षा पाउँछन्, तिनीहरूले आफ्ना पालेहरूका चित्कारहरू सुन्ने छैनन्।

19 सबै प्रकारका मानिसहरू चिहानमा छन्, अति महत्वपूर्ण मानिसहरू अनि साधरण मानिसहरू अनि दास पनि आफ्नो मालिकबाट मुक्त हुन्छन्।

20 किन पीडित मानिसहरू मात्र सधैं बाँच्नै पर्छ? जसको मन तीतो छ त्यस्ता मानिसलाई किन जीवन दिनु?

21 त्यो मानिस मर्न चाहन्छ तर मृत्यु आउँदैन। त्यस दुःखी मानिसले मृत्युलाई गाडधन भन्दा पनि ज्यादा खोज्छ।

22 ती मानिसहरू आफ्ना चिहान पाउँदा खुशी हुनेछन्। ती मानिसहरू आफ्ना चिहान पाउँदा प्रफुल्लित हुनेछनन्।

23 तर परमेश्वरले तिनीहरूका भविष्यलाई गुप्त राख्नुहुन्छ अनि तिनीहरूका सुरक्षाका निम्ति चारैतिर पर्खालहरू निर्माण गर्नुहुन्छ।

24 जब खाने बेला हुँदछ, म शोक अनुभव गर्छु। मेरा गुनासोहरू पानी झैं बग्छन्।

25 जुन कुराहरूसित म डराउँथें मलाई त्यही भयो, अनि जेसित म अति डराउथें त्यही ममाथि पर्यो।

26 म चुप लाग्न सक्तिनँ। म विश्राम लिन सक्तिनँ। म शान्त रहन सक्तिन मेरो सन्तापले मलाई छोपि रहन्छ।”

Ler em outra tradução

Comparar lado a lado

Estude este capítulo no WhatsApp

Peça à IA da Bíblia Fala para explicar Jó 3, comparar traduções ou montar um estudo — tudo direto pelo WhatsApp.