João 19

Nepali Bible (GL_NEPALI)

1 तब पिलातसले येशूलाई लैजाने र कोर्रा लगाउने आदेश दिए।

2 सिपाहीहरूले काँडादार हाँगाहरूका एउटा मुकुट गुँथे अनि येशूको टाउकोमा लगाई दिए। त्यसपछि तिनीहरूले बैजनी रंगको वस्त्र उनको शरीरमा पहिराइ दिए

3 सिपाहीहरूले धेरै पल्ट येशूको छैउमा आउँदै भने, “प्रणाम, हे यहूदीहरूका राजा!” भन्दै उहाँको अनुहारमा थप्पड लगाए।

4 फेरि पिलातस एक पल्ट बाहिर निस्के र यहूदीहरूलाई भने, “हेर! म येशूलाई तिमीहरू कहाँ ल्याउँदैछु किनभने मैले उसको विरूद्धमा आरोप लगाउने कुनै कारण पाइनँ।”

5 येशू बाहिर आए। उहाँले काँडेदार मुकुट र बैजनी वस्त्र लगाउनु भएको थियो। पिलातसले यहूदीहरूलाई भने, “ त्यो मान्छो यही हो।”

6 जब मुख्य पूजाहारीहरू र यहूदीका द्वारपालहरूले येशूलाई देखे तिनीहरू चिच्याए, “क्रूसमा यसलाई टाँग्नुहोस्, क्रूसमा यसलाई टाँग्नुहोस्। तर पिलातसले भने, “तिमीहरू यिनलाई लैजाऊ र क्रूसमा टाँग । मैले उनीमाथि आरोप लगाउने कुनै कारण नै पाईनँ।”

7 यहूदीहरूले उसलाई उत्तर दिए, “हाम्रो व्यवस्था बमोजिम ऊ मर्नै पर्छ, किनभने उसले दावी गरेको छ कि ऊ परमेश्वरको पुत्र हो।”

8 जब पिलातसले यो सुने, उनी साह्रै डराए।

9 पिलातस महलभित्र फेरि पसे। उनले येशूलाई सोधे, “तिमी कहाँबाट आएका हौ?” तर येशूले उसलाई जवाफ दिनुभएन।

10 पिलातसले भने, “के तिमी मसँग बोल्दैनौ? याद गर, तिमीलाई मुक्त पार्ने अधिकार मसित छ। अनि तिमीलाई क्रूसमा टाँग्ने अधिकार पनि मसित छ।”

11 येशूले जवाफ दिनुभयो, “तपाईंलाई माथिबाट नदिइएको भए ममाथि तपाईंको केही अधिकार हुने थिएन। त्यसैले ती मानिस जसले मलाई तपाईंलाई सुम्पियो उ तपाईं भन्दा महापापको दोषी हो।”

12 त्यसपछि, पिलातसले येशूलाई मुक्त पार्ने कोशिश गरे। तर यहूदीहरूले तिनलाई कराउँदै भने, “कसैले आफैलाई राजा बनाउँछ भने त्यो सिजर वोरधी हो। यसर्थ उसलाई तपाईं छुटकारा दिनु हुन्छ भने तपाईं सिजरको मित्र हुनु हुन्न।”

13 पिलातसले यहूदीहरूले के भने सुने। यसैले उसले येशूलाई महल बाहिर ल्याए त्यस ठाउँलाई “ढुंगाको पाटी” भनिन्छ। जसलाई हिब्रू भाषामा “गब्बाथा” भनिन्छ। त्यो न्यायसनमा पिलातस बसे।

14 यो प्रायः निस्तार चाडको तयारी गर्ने दिनको मध्या भएको थियो। पिलातसले यहूदीहरूलाई भने, “तिमीहरूका राजा यहाँ छ!”

15 यहूदीहरू चिच्याए, “त्यसलाई उतै लानु होस्, लानु होस्! त्यसलाई क्रूसमा मार्नू होस्।”पिलातसले यहूदीहरूलाई सोधे, “के मलाई तिमीहरूको राजालाई क्रूसमा टाँग्न लगाऊँछौ?”मुख्य पूजाहारीहरूले भने, “सिजर मात्र हाम्रो राजा हुनुहुन्छ।”

16 तब येशूलाई क्रूसमा झुणड्याएर मार्नु भनेर पिलातसले तिनीहरूलाई सुम्पे।सिपाहीहरूले येशूलाई लगे।

17 येशूले आफ्नो क्रूस बोक्नु भयो अनि उहाँ “खोपडी ठाऊँ” तर्फ जानु भयो (हिब्रू भाषामा “गलगथा” भनिन्छ)

18 गलगथामा येशूलाई क्रूसमा टाँगे। तिनीहरूले दुइजना मानिसहरू उहाँको दुई पट्टि अनि यशूलाई बीचमा राखे।

19 पिलातसले “संकेत पटमा लेखे अनि क्रूसमा टाँसिदिए। त्यो संकेतपटमा लेखिएको थियो।“नासरतको येशू, यहूदीहरूका राजा।”

20 पिलातसले त्यो हिब्रू ल्याटिन र ग्रीक भाषामा लेखेका थिए। धेरै यहूदीहरूले त्यो संकेतपट पढे किनभने क्रूसमा येशूलाई टाँगेको ठाउँदेखि शहर नगिचमा थियो।

21 यहूदीहरूका मुख्य पूजाहारीहरूले पिलातसलाई भने, “यहूदीहरूका राजा भनेर, नलेख्नु होस्, बरू लेख्नुहोस्, “यो मान्छेले भनेकोछ, म यहूदीहरूको राजा हुँ।”

22 पिलातसले उत्तर दिए, “मैले जे लेखें-लेखें, बद्ली गरिनेछैन।

23 क्रूसमा येशूलाई टाँगिसके पछि सिपाहीहरूले उहाँका वस्त्र उतारिदिए र त्यस वस्त्रलाई तिनीहरूले चार टुक्रमा च्याते, प्रत्येक सिपाहीले एक-एक गरेर पाए। तिनीहरूले कुर्ता सम्म खोलिदिए जो एउटै लुगाको टुक्रालाई माथि देखि तलसम्म सिलाएको थियो।

24 यसर्थ सिपाहीहरूले आपसमा भने, “यसलाई हामीले भाग गर्न च्यात्न हुँदैन। यसलाई चिट्ठा लगाऊ कसको नाउँमा पर्छ।” धर्मशास्त्रमा भने जस्तै त्यो हुनगयोः“तिनीहरूले आपसमा मेरा लुगाहरू बाँडे अनि मेरो लुगामा चिट्ठा हाले।” भजनसंग्रह 22:18सिपाहीहरूले त्यसै गरे।

25 येशूकी आमा क्रूसकै नजिक उभिएकी थिइन। उहाँकी आमाको बहिनी, क्लोपासकी पत्नी पनि मरियमसँग उभिरहेकी थिइन्। मग्दलिनी मरियम पनि उभिरहेकी थिइन्।

26 येशूले आफ्नी आमालाई देख्नु भयो। उहाँले ती उभिनेहरूमा आफ्ना चेलाहरूलाई पनि देख्नु भयो। उहाँले आफ्ना आमालाई भन्नु भयो, “हे प्रिय नारी तिम्रो पुत्र यहाँ छ।”

27 त्यसपछि आफ्ना चेलालाई भन्नुभयो, “यहाँ तिम्रा आमा हुनुहुन्छ।” तब त्यसपछि, ती चेलाहरूले येशूकी आमालाई आफ्ना घरमा लगे।

28 त्यसपछि, येशूले जान्नुभयो कि सबै कामहरू सिद्धियो। उहाँले धर्मशास्त्रमा लेखिएको सिद्ध होस् भनि भन्नुभयो, “मलाई तिर्खा लाग्यो।”

29 त्यहाँ सिर्काले भरिएको एउट भाँडो थियो। यसर्थ सिपाहीहरूले स्पञ्जमा त्यो सोसे र हिसप उद्भिदको हाँगामा त्यसलाई डुबाए। त्यसलाई तिनीहरूले येशूको मुख सम्म पुरयाएदिए।

30 उहाँले सिर्का खानु भयो, स्वाद लिनु भयो। तब उहाँले भन्नुभयो “सिद्धियो।” येशूको शिर झुक्यो र उहाँले अन्तिम सास फेर्नु भयो।

31 यो दिन तयारीको दिन थियो अर्को दिन विशेष विश्रामको दिन थियो। यहूदीहरूले विश्रामको दिन त्यो मृत शरीर क्रूसमा झुण्डायाई राख्न चाहेनन्। तब तिनीहरूले पिलातसलाई ती मानिसहरूको खुट्टा भाँच्नुका निम्ति आदेश मागे ताकि तिनीहरू छिटो मर्न सकुन्। अनि तिनीहरूको मृत शरीर क्रूसबाट तल झार्न सकियोस्।

32 सिपाहीहरू आए र पहिला येशूको छेऊको क्रूसको मान्छेको खुट्टा भाँचे। त्यसपछि तिनीहरूले क्रूसमा भएको येशूकै छेऊको अर्को मान्छेको खुट्टा भाँचे।

33 तर जब ती सिपाहीहरू येशूको छेऊमा गए, तिनीहरूले देखे उहाँ अघि नै मरिसक्नु भएको थियो। यसैले तिनीहरूले उहाँको खुट्टा भाँचेनन्।

34 तर एकजना सिपाहीले भालाद्वारा उहाँको कोखामा भालाले घोच्यो। रगत र पानी बाहिर निस्कयो।

35 ऊ जसले त्यो देख्यो ऊ गवाही भयो अनि उसको गवाही सत्य छ। उसले जान्दछ कि उसले साँचो बोलिरहकोछ। उसले गवाही दिन्छ ताकि तिमीहरूले पनि विश्वास गर्न सक्छौ।

36 यी सबै कुराहरू घटे ताकि धर्मशास्त्र साँचो हुन्छः “उहाँको एउटै हड्डी पनि भाँचिनछैन।”

37 अर्को ठाउँमा धर्मशास्त्र भन्छः “मानिसहरूले उनलाई हेर्नछन् जसलाई भालाले रोप्नेछन्।”

38 त्यसपछि अरिमाथियावासी योसेफ नाम भएकोले पितालसलाई येशूको मृत-शरीर लैजान पाऊँ भनेर विन्ती गरे। योसेफ येशूका चेलाहरू मध्ये एक थिए। तर तिनले यहूदीहरूको डरले यो गुप्त राखे। पिलातसले योसेफलाई येशूको शरीर लान सक्छ भनेर अनुमति दिए। त्यसकारण योसेफ येशूको शरीर लिएर गए।

39 निकोदेमस योसेफसंग गए। निकोदेमस ती एकजना मानिस थिए जो येशूकहाँ राती आउँदथ्यो र बात गर्दथ्यो। निकोदेमसले तेत्तीस किलो जति मसलाहरू त्यहाँ ल्याए। त्यो मूर्र र एलवाको मिश्रण थियो।

40 यी दुइ मानिसहरूले येशूको मृत शरीर लगे। उहाँको शरीर तिनीहरूले सुगान्धीत द्रव्यसहित सूती कपडाले बाँधे। यसरी नै यहूदीहरूले मानिसहरूलाई गाडदथे।

41 जुन ठाउँमा येशू क्रूसमा टाँगिए, त्यहाँ एक बगैंचा थियो। बगैंचामा एक नयाँ चिहान थियो। कुनै मानिस पनि पहिल्यै कहिले त्यहाँ गडिएको थिएन।

42 मानिसहरूले येशूलाई त्यही नयाँ चिहानमा राखे कारण यो नजिक थियो अनि यहूदीहरू आफ्ना विश्रामको दिन तयारी गर्न थालेका थिए।

Ler em outra tradução

Comparar lado a lado

Estude este capítulo no WhatsApp

Peça à IA da Bíblia Fala para explicar João 19, comparar traduções ou montar um estudo — tudo direto pelo WhatsApp.