Ester 4

Nepali Bible (GL_NEPALI)

1 मोर्दकैले त्यहाँ भएका सबै घटनाहरू थाहा पाए। यसर्थ मोर्दकैले आफ्ना वस्त्रहरू च्याते अनि भाङ्गारा लगाएर आफैं माथि खरानी छर्किए। त्यस पछि तिनी शहरको बीचमा गए अनि कष्टमा जोडले रोए।

2 तब तिनी राजा द्वाराको अघि गए। तर उनी भित्र गएनन् किनभने भाङ्गारा लगाएर कोही पनि राजाको द्वाराभित्र जानु हुँदैन थियो।

3 अनि हरेक प्रान्तमा जब राजाको आदेश पुग्यो, त्यहाँका यहूदीहरू बीचमा अफसोस, रूबावासी र विलाप भयो। तिनीहरू धेरैजनाले शोक वस्त्र लगाए अनि शिरमाथि खरानी छर्किए।

4 दासीहरू अनि नपुंशक जसले एस्तरको सेवा गर्थे तिनी कहाँ गए अनि मोर्दकैलाई के भहिरहेछ तिनलाई भने तब रानी व्याकुल भइन्। अनि तिनले मोर्दकैलाई वस्त्रहरू पठाइन् उनले बोराको वस्त्र हटाउन चाहिन। तर तिनले वस्त्रहरू स्वीकार गरेनन्।

5 तब एस्तरलले राज-नपुंसक हताकलाई बोलाइन्, जसलाई राजाले तिनको सेवामा नियुक्त गरेका थिए, अनि एस्तरले उसलाई मोर्दकै कहाँ के हुँदैछ भनि बुझ्नेको निम्ति पठाईन्।

6 अनि हताक मोर्दकै कहाँ गए शहर चोकमा जो राजाको द्वारअघि थियो।

7 मोर्दकैले घटेका सबै घटनाहरू उसलाई भने अनि तिनको को बारेमा जो यहूदाहरूको संकार को निम्ति राज-कोषबाट दिइने छ भनि हामानलेभनेको कुरापनि भने।

8 शूशनमा तिनीहरूको संस्कार गर्नु भनि जाहेर गरेको व्यवस्था लेखिएको एक प्रतिलिपि एस्तरलाई देखाइ दिनु अनि राजा कहाँ जानु र राजाको कृपा प्राप्त गर्नू अनि आफ्ना मानिसहरूका निम्ति तिनी सित निवेदन गर्नुभनि निर्देशन दिए।

9 यसर्थ हताक गए अनि मोर्दकैले भनेका कुरा उसले एस्तरलाई सुनाए।

10 तब एस्तर ले हताकलाई तिमीले मोर्दकैलाई भन्नु भनी निर्देश गरिन्।

11 “राजाका सबै सेवकहरू र राज-प्रान्तका मानिसहरूले यो जानुन कि कुनै पनि पुरूष वा स्त्री राजाले नबोलाई राजाको आँगनमा भित्र जान्छ त्यसको एउटै नियम छ ‘मृत्यु’। अनुमति लिएर प्रवेश गर्ने मात्र बाँच्छ जसलाई राजाले आफ्ना सुनौला राज दण्ड फैलाउँछन्। अनि मलाई गएको तीस दिन देखि राजा कहाँ जानलाई बोलाइएको छैन।”

12 जब तिनीहरूले मोर्दकैलाई एस्तरले भनेका कुरा सुनाए।

13 तब मोर्दकैले यो जवाफ एस्तरलाई पठाए “तिमी स्वयंले यो नसोच कि राजाको दरवारमा बस्छु भनेर सबै यहूदीहरू मध्ये तिमी उम्कने छ्यौ।

14 तर यदि यसवेलामा तिमी चुपलागेर बस्यौ भने यहूदीहरूले कही न कही बाट छुटकारा पाउनेछन्। तर तिमी र तिम्रा पिताकाघरनष्ट हुनेछन्। अनि कसले जान्दछ शायद यस्तो समयमा तिमीलाई राज्यको उच्च पद दिइएको छ?”

15 तब एस्तरले मोर्दकैलाई भनी पठाइन् “जाऊ, शूशनमा भेट्टिएजति सबै यहूदीहरू भेला गर अनि मेरो निम्ति उपवासबस।

16 तिमीहरूले तीन दिन तीन रात सम्म कुनै कुरा खानु वा पिउनु हुँदैन। अनि म र मेरा सेविकाहरूले पनि यसरी नै उपवास बस्नेछौ। तब यो नियमको विरूद्धमा भए म राजा भएकहाँ जानेछु। मलाई मार्छन् भनें मर्नेछु।”

17 यसर्थ मोर्दकै आफ्नो बाटो लागे अनि एस्तरले तिनलाई निर्देश दिएका सबै कुरा गरे।

Ler em outra tradução

Comparar lado a lado

Estude este capítulo no WhatsApp

Peça à IA da Bíblia Fala para explicar Ester 4, comparar traduções ou montar um estudo — tudo direto pelo WhatsApp.