Ageu 2

Nepali Bible (GL_NEPALI)

1 सातौं महिनाको एक्काइसौं दिनमा परमप्रभुबाट यो वचन हाग्गैकहाँ आयो।

2 वचनमा भनिएको थियो, “अब यहूदाका शासक शालतीएलका छोरा यरूबाबेल, यहोसादाकका छोरा महायाजक यहोशू अनि जो जति मानिसहरू बाँचेका छन्। उनीहरूसंग कुरा गर अनि भन,

3 “के तिमीहरू मध्ये कोही त्यस्तो मानिस बाँचेकोछ, जसले त्यस मन्दिरको आफ्नो पहिलाको महिमा देखेको थियो। अब तिमीलाई कस्तो लागिरहेछ? यो के भयो, यो मन्दिर पहिलाको खण्ड जस्तो देखिन्छ? वा तुलना गर्न सकिन्छ?

4 तर यरूबाबेल, ‘अब तिमी साहसी बन!’ परमप्रभु यसो भन्नु हुन्छ, ‘यहोसादाकका छोरा महायाजक यहोशू, तिमी पनि साहसी बन अनि सबै जातिका मानिसहरू तिमीहरू पनि साहसी बन!’ परमप्रभु यसो पनि भन्नु हुन्छ। काम गर! किनभने म तिमीहरूसंग छु।” परमप्रभु सर्वशक्तिमान यसो भन्नुहुन्छ।

5 परमप्रभु भन्नुहुन्छ, “जहाँ सम्म मेरो भाकलको कुरा छ, जुन मैले तिमीहरूसंग मिश्र देशबाट बाहिर निस्केको समयमा भनेको थिएँ, नडराऊ मेरो आत्मा तिमीसित छ।

6 किन? किनभने सर्वशक्तिमान परमप्रभु यसो भन्नुहुन्छ, एकपल्ट फेरि म चाँडै नै पृथ्वी अनि आकाश, समुद्र अनि सुक्खा जमीन सबैलाई र्थरथर कमाउनेछु।

7 म सबै जातिहरूलाई कमाईदिन्छु अनि ती सबै जातिहरू आफ्नो धन सम्पत्तिसंगै तिमीकहाँ आउनेछन्। तब म यो मन्दिर गौरवले भरिदिनेछु। सर्वशक्तिमान परमप्रभु यसो भन्नुहुन्छ।

8 तिनीहरूको चाँदी मेरो हो, तिनीहरूको सुन मेरो हो। सर्वशक्तिमान परमप्रभु यसो भन्नुहुन्छ,

9 यस मन्दिरको गौरव पहिलाको गौरव भन्दा ज्यादा हुनेछ। सर्वशक्तिमान परमप्रभुले यसो भन्नुहुनेछ; “यस ठाँउमा म शान्ति स्थापित गर्नेछु।” सर्वशक्तिमान परमप्रभु यसो भन्नुहुन्छ।आज आशिषको कार्यको आरम्भ

10 फारसका राजा दाराको दोस्रो वर्षको नवौं महिनाको चौबिसौं दिनमा यो वचन परमप्रभुबाट अगमवक्ता हाग्गै कहाँ आयो।

11 सर्वशक्तिमान परमप्रभुले तिमीहरूलाई आज्ञा गर्नुहुन्छ, पूजाहारीहरूलाई सोध, व्यावस्थाले यस विषयमा के भन्छ।

12 “मानिलेऊ, एउटा मानिसले उसको लपेटामा पवित्र मासु लिएर गयो, यो मासु बलिको भाग हो, यसकारण यो संभव छ जसको लपेटामा पवित्र मासु छ, के यदि ती लुगाले रोटी या पाकेको भोजन, दाखरस, तेल अथवा कुनै अन्य भोजनलाई छुयो भने, ती चीजहरू पवित्र हुन्छ?”पूजाहारीले उत्तर दियो, “अँहँ।”

13 त्यसबेला हाग्गैले भने, “यदि एउटा मानिसले मुर्दालाई छोयो भने के त्यो अशुद्ध हुन्छ?”अनि ती पूजाहारीहरूले उत्तर दिए, “त्यो अशुद्ध हुनेछ।”

14 तब हाग्गैले भने, “परमप्रभु परमेश्वर भन्नुहुन्छ, ‘मेरो सामने यी मानिसहरू प्रति अनि यो राष्ट्र प्रति त्यही नियम छ। तिनीहरूले जे गर्छन अनि आफ्नो हातले जे दिन्छन् त्यो अशुद्ध हो।

15 तर अब राम्ररी विचार गर्नुहोस्, परमप्रभुको मन्दिरमा अघि एउटा ढुङ्गा माथि अर्को ढुङ्गा राखिएको थियो?

16 त्यस समय बीस मुरी लिन आउने मानिसले दश मुरी मात्र पाउँथ्यो। दाखरसको कोलबाट पचास पाथी झिक्न आउनेले बीस पाथी मात्र पाउँथ्यो।

17 मैले तिमीहरूका उद्भिदहरूमा ल्याएँ तिमीहरूको हातले बनाएको चीजहरू नष्ट पार्न असिना पठाएँ, तरै पनि तिमीहरू म तिर फर्केनौ।’ परमप्रभुले यसो भन्नु भयो।”

18 परमप्रभु भन्नुहुन्छ, “अबदेखि उसो विचार गर अर्थात नवौं महिनाको चौबिसौं दिन देखि जुन दिन मन्दिरको जग बसालेको थियो सोच।

19 “के बीउहरू अब भकारीमा छन्? के दाखको बोट, नेभाराको बोट, दारिम र भद्राक्षको बोटले अहिले सम्म फल दिएको छैन? अँहँ! तर आजदेखि म तिमीलाई आशिष दिनेछु।”

20 अनि त्यही महिनाको चौबिसौं दिनमा हाग्गैलाई दोस्रो पल्ट परमप्रभुको वचन प्राप्त भयो। वचनमा भनिएको थियो,

21 “यहूदाका राज्यपाल यरूबाबेललाई भन, म आकाश अनि पृथ्वीलाई हल्लाउनेछु।

22 अनि म राज्यहरू र सिंहासन उठाएर फ्याँकि दिनेछु। म राजधानीहरूको शक्ति ध्वंश पार्नेछु अनि रथहरू र सारथीहरूलाई पल्टाइदिनेछु। घोडा अनि त्यसको घोडसवार पनि लड्नेछन्, अनि दाज्यू-भाइमा दुश्मनी हुनेछ। तिनीहरू एक अर्कामा तरवारहरूले मारिनेछन्।

23 सर्वशक्तिमान परमप्रभु भन्नुहुन्छ, म त्यस दिन शालतीएलका छोरा, आफ्नो सेवक यरूबाबेललाई लिन्छु। परमप्रभु परमेश्वर यसो भन्नुहुन्छ, “अनि म तिमीलाई छाप लगाउने औंठी बनाउने छु। किन? किनभमे मैले तिमीलाई रोजेकोछु।”सर्वशक्तिमान परमप्रभुले यी सबै कुरा भन्नु भयो। 

Ler em outra tradução

Comparar lado a lado

Estude este capítulo no WhatsApp

Peça à IA da Bíblia Fala para explicar Ageu 2, comparar traduções ou montar um estudo — tudo direto pelo WhatsApp.