1 Samuel 1

Nepali Bible (GL_NEPALI)

1 त्यहाँ एल्काना नाउँ भएका एकजना मानिस थिए। तिनी एप्रैमको पहाडी प्रदेश रामा शहरमा बस्थे। तिनी सूपी परिवारका थिए। तिनका पिताको नाउँ यरोहाम, बाजेको नाउँ एलीहू र बराजुको नाउँ तोहू थियो। तोहू चाहि सूपका छोरा थिए। सूप एप्रेम परिवार समूहबाटका थिए।

2 एल्कानाका दुइवटी पत्नी थिए। एउटीको नाउँ हन्ना र अर्कीको नाउँ पनिन्ना थियो। पनिन्नाका नानीहरू थिए, तर हन्नाका नानीहरू थिएनन्।

3 परमप्रभु सर्वशक्तिमानको अघि आराधना गर्न र बलि चढाउन प्रत्येक वर्ष एल्काना रामाबाट शीलोमा जाने गर्थे। शीलोमा परमप्रभुका पूजाहारीको रूपमा होप्नी र पीनहासले सेवा गर्थे। यी दुइ एलीका छोरा थिए।

4 जब एल्काना बलि चढाउने गर्थे, उसले उनकी पत्नी पनिन्नाह र उनका छोरा-छोरीलाई भाग दिने गर्थे।

5 उनले हन्नालाई जहिले पनि बराबरी भाग भोजन दिन्थे उनले हन्नालाई बढी माया गर्थे किनभने परमेश्वरले उनको कोख बन्द गरिदिनु भएको थियो।

6 परमप्रभुले हन्नालाई बाँझी पार्नु भएको कारण पनिन्नाले तिनलाई रिस उठाउने गर्थी।

7 शीलोमा प्रत्येक वर्ष जब त्यो परिवार परमप्रभुलाई आराधना गर्न र बलिदान चढाउन जान्थे तब पनिन्नाहले हन्नालाई दुःख दिने र्गथिन्। र खसालेर कुरा गर्ने र तिनलाई रूवाएर खाना नखानेसम्म बनाउदथिइन्।

8 यो सब देखेर एल्काना उनका पतिले भन्थे, “हन्ना तिमी किन रून्छौ? किन केही खाँदिनौ? तिमी किन यति दुःखी छौ? म तिम्रो लोग्ने हुँ र म तिम्रै हुँ। तिमीले सोच्नु पर्छ कि म दशजना छोराहरू भन्दा बढता नै छु।”

9 त्यसपछि हन्ना चुपचाप उठिन् र परमप्रभुको सामु प्रार्थना गर्न गइन्। त्यस समय पूजाहारी एली परमप्रभुको पवित्र आराधनालयको दैलोकै छेउमा एउटा कुर्सीमा बसिरहेका थिए।

10 हन्ना साह्रै नै दुःखी थिइन्। यसर्थ जब तिनले प्रार्थना गर्न शुरू गरिन तिनी साह्रै रोइन्।

11 तिनले परमेश्वरलाई भाकल गर्दै भनिन्, “हे सर्वशक्तिमान परमप्रभु म अफसोसमा छु। तपाईंले मलाई दया गर्नुहोस्। ममाथि कृपालु हुनुहोस् म तपाईंकी दासी हुँ। यदि तपाईंले मलाई एउटा छोरा दिनुभयो भने त्यो बाँचुञ्जेलसम्म म त्यसलाई तपाईंकै सेवामा अर्पण गर्नेछु। त्यस बालकले कहिले पनि दाखरस पिउने छैन र त्यसको कपाल पनि काटीने छैन्।”

12 हन्नाले धेरै बेरसम्म परमप्रभुलाई प्रार्थना गरिरहिनन्। प्रार्थना गर्दा एलीले हन्नाका ओंठ आवाज बिनै चलिरहेका देखे।

13 हन्नाले ओठ चलाए पनि आवाज ननिकालिकन साँच्चै उनको हृदयमा प्रार्थना गरिरहेकी थिइन्।

14 हन्नाले ज्यादै मद्यपान गरेकी ठानेर एलीले भने, “तिमीले ज्यादै पिएकी छौ। यो दाखरस छोडने समय हो।”

15 हन्नाले उत्तर दिइन्, “महाशय, मैले कुनै प्रकारको मद्यपान गरेकी छैन। म साह्रै दुःखमा परेकी छु। म त परमप्रभुसँग मेरो दुःखहरू पो बिन्ति गर्दैथिएँ।

16 तपाईंले मलाई नराम्री स्त्री ठान्नु हुँदैन। म साह्रै ठूलो कष्टमा परेकी छु र साह्रै दुःखी भएकी छु। मैले धेरै बेरसम्म परमेश्वरलाई प्रार्थना चढाएकी हुँ।”

17 एलीले भने, “यदि त्यसो हो भने शान्तिसित जाऊ। इस्राएलका परमेश्वरले तिम्रो प्रार्थना अवश्य सुन्नु हुनेछ, अनि तिम्रो विन्ती पूरा गर्नु हुनेछ।”

18 हन्नाले भनिन्, “म आशा गर्छु तपाईं पनि मसँग खुशी हुनुहुन्छ।” तब हन्ना गइन् र केही खाने कुरा खाइन्। तिनी फेरि दुःखीत भइनन्।

19 भोलिपल्ट बिहानै एल्कानाका परिवारका सदस्यहरू उठे अनि परमप्रभुको आराधना गरे र आफ्नो घर रामामा फर्के।एल्कानाले आफ्नी पत्नी हन्नासित सहवास गरे। परमप्रभुले पछि हन्नालाई सम्झनु भयो।

20 तिनी गर्भवती भइन्। समय पुगेपछि हन्नाले एउटा छोरो जन्माइन्। तिनले छोराको नाउँ शमूएलराखिन्। तिनले भनिन्, “यसको नाउँ शामूएल हो किनभने यसलाई मैले परमप्रभुसित मागेकी हुँ।”

21 त्यस वर्ष एल्कानाले परमेश्वरसित राखेको भाकल पूरा गर्न र बलि चढाउन (शीलोमा) गए। उनका परिवारका अरू सदस्यहरू पनि गए।

22 तर हन्ना गइनन्। तिनले एल्कानालाई भनिन्, “बालकले जब दूध खान छोड्छ र ठोस आहार खान थाल्छ, म यसलाई लिएर शीलोमा जानेछु। तब म बालकलाई परमप्रभुमा अर्पण गर्नेछु। बालक सधैंलाई शीलोमा नै रहनेछ।”

23 हन्नाका लोग्ने एल्कानाले भने, “तिमीलाई जे राम्रो लाग्छ त्यही गर बालकले ठोस भोजन गर्नसक्ने नभइञ्जेल तिमी घरैमा बस। परमप्रभुले तिम्रो वचनपूरा गरिदिउन्।” यसर्थ तिनी छोराले आमाको दूध नछाडेसम्म घरैमा बसिन्।

24 जब नानी ठूलो भयो अनि ठोस भोजन खान थाल्यो हन्नाले नानीलाई परमप्रभुको मन्दिर शीलोमा लगिन्। हन्नाले आफूसँग एउटा तीन वर्षको साँढे, चार पाथी पीठो र एक मसक दाखरस पनि लिएर गइन्।

25 तिनीहरूले परमप्रभुको आराधना गरे। त्यसपछि साँढेलाई बलि चढाए पश्चात तिनीहरूले नानी पूजाहारी एलीलाई दिए।

26 हन्नाले बालकलाई एलीको अघिल्तिर लिएर गइन् र भनिन्, “महाशाय, मलाई क्षमा गर्नु होला। म त्यही स्त्री हुँ, जो परमप्रभुलाई प्रार्थना गर्दागर्दै तपाईंका सामु उभिएकी थिएँ। मैले साँचो भनिरहेको छु।

27 मैले बालकको निम्ति प्रार्थना गरेकी थिएँ अनि परमप्रभुले मलाई बालक दिनुभयो र आभारी तुल्याउनु भयो।

28 अब यस बालकलाई परमप्रभुमा अर्पण गर्दैछु। सारा जीवन नै परमप्रभुको भएर यो यही रहनेछ।”तब हन्नाले बालकलाई त्यही छोडीदिइन् अनि परमप्रभुको आराधना गरिन्।हन्नाले धन्यवाद दिन्छिन्

Ler em outra tradução

Comparar lado a lado

Estude este capítulo no WhatsApp

Peça à IA da Bíblia Fala para explicar 1 Samuel 1, comparar traduções ou montar um estudo — tudo direto pelo WhatsApp.